लालबन्दी १ नवलपुरमा अवैध रूपमा सञ्चालित दुई वटा अस्पताल बन्द गर्न निर्देशन

382 Shares

 सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुर स्थित सञ्चालित दुई वटा अस्पताललाई मापदण्ड नपुगेको भन्दै बन्द गरिएको छ ।मधेस प्रदेश सरकारका मुख्य मन्त्री सतिशकुमार सिंहको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहितको टोलीले शनिबार लालबन्दी नगरपालिका १ का नीजि स्वास्थ्य संस्थाहरुको अनुमगन गरिमापदण्ड नपुगेका पाइएपछि बन्द गर्न निर्देशन दिएको हो ।
लालबन्दी नगरपालिका १ नवलपुर स्थित दयन्ती हस्पिटल प्रा.लि र सर्लाही जीवन हेल्थ केयर प्रा.लिले अनुमति नलिई सञ्चालन गर्दै गरेको पाइएपछि तत्काल बन्द गर्न निर्देशन दिइएको मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहले जानकारी दिए ।
उनका अनुसार मधेश प्रदेशमा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुले स्वास्थ्य सेवालाई व्यापारको रुपमा लिएर मापदण्ड पुरा नगरी सञ्चालन गरेर नागरिकको स्वास्थ्य माथिखेलवाड गरेका गुनासाहरु आएपछि मधेश प्रदेशका आठै जिल्लामा सञ्चालित नीजि स्वास्थ्य संस्थाहरुको अनुगमन गर्ने क्रममा मापदण्ड पूरा नगरी सञ्चालन भएका अस्पतालहरूमा भौतिक पूर्वाधार,आवश्यक औषधी र उपकरणहरूको पर्याप्त व्यवस्था नभएको पाइएको पछिबन्द गर्न निर्देशन दिईएको हो ।
प्रदेश सरकारले अवैध रूपमा सञ्चालन भइरहेका अस्पतालहरूलाई कानुनी प्रक्रिया पूरा नगरेसम्म पुनःसञ्चालन गर्न अनुमति नदिने निर्णय समेत गरेको मधेस प्रदेश सरकारका मुख्य मन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।यसका साथै,मधेश प्रदेश सरकारले नीजि स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तीव्र बनाउने र यसले स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्य राखेको छ ।
मधेश प्रदेशका कुनै पनि नीजि स्वास्थ्य संस्थाहरुले राज्यले तोकेको कुनै पनि मापदण्ड पुरा नगरेका पटक पटक गुनासाहरु आउने गरेका छन् ।

सम्बन्धित समाचार