सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवामा विवाहको ब्रम्ह पूजा गर्ने क्रममा दुई समुदायबीच विवाद उत्पन्न हुँदा भएको झडपमा पाँच जना घाइते भएका छन् ।धनकौल गाउँपालिका ५ हरकठवा निवासी मञ्जु देवीका छोरा सुशील पासवानको विवाहमा ब्रम्ह पूजा गर्ने क्रममा पासवान र तेली समुदायबीच विवाद उत्पन्न भई झडप हुँदा पाँच जना घाईते भएका छन् ।
पहिला तेली समुदायले बम्ह पूजा गरिसकेपछि पासवान समुदायले पूजा गर्न लागेको पूजा अघि बढाउन नदिएपछि झडप भएको स्थानीयले बताएका छन् ।स्थानीयका अनुसार एक घन्टासम्म प्रतीक्षा गरेपछि दुलाहाले घोडामा फोटो खिच्ने क्रममा तेली समुदायका युवाले हस्तक्षेप गरेपछि विवाद उत्पन्न भई झडपमा परिणत भएको थियो ।झडपमा जयकिशोर पासवान,मुकेश पासवान,नरेन्द्र पासवान, रामश पासवान र कमलेश पासवान घाइते भएका धनकौल गाउँपालिका ५ का वडा अध्यक्ष गजेन्द्र महतोले जानकारी दिए ।