हरिवनका निजी स्वास्थ्य संस्थाको अनुगमन

424 Shares

सर्लाहीको हरिवन नगरपालिका भित्रका निजी स्वास्थ्य संस्थाहरुको नगरस्तरिय अनुगमन समितिले अनुगमन सुरु गरेको छ।हरिवन नगरपालिकाकी उप प्रमुख एवम नगरस्तरिय अनुगमन समितिकी संयोजक हरिमाया घलानको नेतृत्वको टोलीले जनतासंँग प्रत्यक्ष जोडिएको स्वास्थ्य क्षेत्रमा थप सुधार ल्याउने उद्देश्यले निजी स्वास्थ्य संस्थाहरूको छड्ने अनुगमन सुरु गरेको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिए ।
उनका अनुसार उद्घघाटन,बैठक तथा भाषणमा मात्रै जनप्रतिनिधिहरुले महत्व दिन्छन भन्ने भाष्यलाई परिवर्तन गरी उप प्रमुख घलानले इलाका प्रशासन कार्यालयका हरिवनका प्रमुख राजकुमार थापा तथा प्रहरी सहितको टोलिले हरिवन नगरपालिकाको नमुना अस्पताल,दयन्ती अस्पताल,नवजीवन अस्पताल,माता मनकामना आर्यूवेद अस्पताल लगायतका निजी स्वास्थ्य संस्थामा पुगेर स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा उप प्रमुख घलानले प्रक्रिया पुर्याएर निजी अस्पताललाई सञ्चालनमा ल्याउन आफुहरुले सहयोगी भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन,तर हरिवन नगरपालिकाका विभिन्न स्थानमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरुको मधेश प्रदेश सरकारका मुख्य मन्त्री सतिश कुमार सिंह सहितको टोलीले अनुगमन गरि मापदण्ड नपुगेका पाइएपछि बन्द गरेको भएपनि केही अस्पतालहरु आफुखुसी खुलेका पाइएको छ ।
जनस्वास्थ्य सेवा ऐन २०७५ र जनस्वास्थ्य सेवा नियमावली २०७७ को प्रावधान अनुसार बिना अनुमति सञ्चालित निजी स्वास्थ्य संस्थाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने भन्दै मुख्य मन्त्री सिंह तातेपछि स्थानीय तहहरुलाई लाज भएपछि स्थानीय तहहरु पनि ताकेका छन् ।

सम्बन्धित समाचार