इन्दुशंकरद्धारा उखु किसान सबै रकम भुक्तानी,अन्य दुईको करिब ६ करोड बाँकी

333 Shares

सर्लाहीको हरिवन नगरपालिका ८ स्थित रहेको इन्दु शंकर चिनी चिनी उद्योगहरूले चालु क्रसिङ सिजन २०८१÷८२ को सबै भुक्तानी दिई सकेको जनाएको छ । उद्योगले फागुन २९ गते क्रसिङ बन्द गरेपनि तीन हप्ताभित्रै उद्योगलाई उखु बेचेको उखु उत्पादक किसानहरुलाई रु एक अर्ब ७६ करोड भुक्तानी गरेको उद्योगका प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपालले जानकारी दिए ।
उनका अनुसार करिब तीन महनिा चलेको उद्योगले यस वर्ष ३० लाख ५२ हजार सात सय ९२ क्विन्टल उखु क्रसिङ गरेको थियो।देशभरका चिनी उद्योगहरुको तुलनामा समयमै किसानहरुलाई भुक्तानी गरेर राम्रो छवी बनाएको इन्दु शंकर उद्योगलाई उखु बेचेको एक साता मै भुक्तानी दिँदै आएको थियो ।तीन वटा चिनी उद्योग रहेको सर्लाहीमा महालक्ष्मी चिनी उद्योग र महालक्ष्मी चिनी उद्योगले गरी करिब रु छ करोड भुक्तानी गर्नबाँकी राखेका छन् ।१३ लाख ८० हजार एक सय चार क्विन्टल उखु क्रसिङ गरेर फागुन २१ गतेबाट बन्द भएको महालक्ष्मी चिनी उद्योगले करिब रु पाँच करोड रुपैयाँ  भुक्तानी गर्न बाँकी रहेको छ भने,नौ लाख २१ हजार क्विन्टल उखु क्रसिङ गरेर फागुन २४ गतेबाट बन्द गरेको अन्नपूर्ण चिनी उद्योगले करिब ८० लाख भुक्तानी गर्न बाँकी राखेका छन् । यी दुवै उद्योगले बैशाख पहिलो साता सबै रकम भुक्तानी गर्ने बताएका छन् । 

सम्बन्धित समाचार