Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ७ सय नाघ्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-५ गते   ४३४ पटक हेरिएको

सर्लाहीमा कोरोना संक्रमितको संख्या ७ सय भन्दा बढि पु्गेको छ । सोमबार सर्लाही सदरमुुकाम मलंगवा नगरपालिकामा २२ जना नयाँ कोरोना संक्रमित थपिए सँगै जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय भन्दा बढि पुुगेको हो ।
आइतवार बरहथवा नगरपालिकामा २३ जना र बिष्णुु गाउँपालिकामा २ जना कोरोना संक्रमित बिरामीहरु थपिएका थियो । आइतवार २५ जना कोरोना संक्रमित थपिएपछि ६ सय ९२ जना कोरोना संक्रमित पुुगेको थियो भने सोमबार २२ जना कोरोना संक्रमित थपिए पछि जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय १४ पुुगेको सर्लाहीका प्रमुुख जिल्ला अधिकारी मोहन बहादुुर जिसीले जानकारी दिनु भयो ।
उहाका अनुुसार २२ जना कोरोना संक्रमित संक्रमितहरु केहि क्वारेन्टाईनमा रहेको थियो भने केहि होम क्वारेन्टाइनमा रहेको थियो । केहि दिन देखि सर्लाहीमा कोरोना संक्रमितको संख्या घटे पनि आइतवार बाट फेरी कोरोना संक्रमितको संख्या अचानक बढ्न थालेको छ ।त्यस्तै सर्लाहीमा ७ सय १४ कोरोना संक्रमितहरु मध्ये ६ सय २७ जना कोरोना जितेर घर फर्किसकेका छन भने अझै ८७ जना जिल्लाका विभिन्न स्थानमा तयार पारिएका आईसोलेसन कक्षमा उपचारत अवस्थामा रहेका छन ।

साथै जिल्लामा रहेका २० वटा स्थानिय निकाय मध्ये लालबन्दी नगरपालिका एक मात्र सुरक्षित रहेको लालबन्दी नगरपालिकाकी उप प्रमुख शान्ती कुमारी लामाले बताउनु भयो । उहाँका अनुसार अहिले सम्म नगरमा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech