“मिस ब्युटिसियन मधेश–२०८३”साउन २७ मा लालगढमा हुँदै

194 Shares

“सौन्दर्य, सशक्तिकरण र संस्कृतिको पहिचान,हाम्रो अभियान”भन्ने मूल नारासहित“मिस ब्युटिसियन मधेश–२०८३”को आयोजना गरिने भएको छ।सर्लाहीको लालबन्दी नगरपालिका–७ स्थित रहेको लर्डबुद्ध सीप तथा तालिम केन्द्रको आयोजनामा हुन लागेको “मिस ब्युटिसियन मधेश–२०८३”को तयारी तीव्र पारिएको केन्द्रका सञ्चालक घम कुमार श्रेष्ठ(राजकुमार)ले जानकारी दिए । उनका अनुसार साउन २७ गते(भोली)धनुषाको लालगढमा आयोजना हुने प्रतियोगिताको ग्राण्ड फिनालेमा सहभागीहरूलाई व्यक्तित्व विकास,नेतृत्व क्षमता,मञ्च प्रस्तुति तथा सौन्दर्य सम्बन्धी विभिन्न विषयमा प्रशिक्षण प्रदान भइरहेको छ।
आयोजकका अनुसार हाल प्रतियोगीहरूलाई विभिन्न चरणका प्रशिक्षण कार्यक्रममार्फत फाइनल प्रतिस्पर्धाका लागि तयार पारिने काम भइरहेको छ।प्रशिक्षणले प्रतियोगीहरूको आत्मविश्वास बढाउनुका साथै व्यावसायिक दक्षता विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।प्रशिक्षण कार्यक्रममा गायिका बिष्णु माया पौडेलले व्यक्तित्व विकास, सार्वजनिक बोल्ने कला, सञ्चार सीप, मञ्च प्रस्तुति तथा आत्मविश्वास अभिवृद्धिसम्बन्धी विषयमा तालिम दिइरहेकी छन्।
प्रतियोगिताले मधेश प्रदेशका युवतीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै महिला सशक्तिकरणको अभियानलाई थप बलियो बनाउने प्रतियोगिताकी कार्यक्रम समन्वयकर्ता सरु श्रेष्ठले बताइन्।ब्राइडल मेकअप कम्पिटिसन–२०८१ की विजेता तथा सर्लाही सौन्दर्यकला व्यवसायी संघकी अध्यक्षसमेत रहेकी श्रेष्ठले प्रतियोगिता सौन्दर्यसँगै नेतृत्व विकास र सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको उल्लेख गरिन्।
त्यस्तै,यस्ता प्रतियोगिताले नयाँ प्रतिभाको पहिचान र सौन्दर्य क्षेत्रको व्यावसायिक विकासमा योगदान पुग्ने सन् २०२६ को ब्राइडल मेकअप कम्पिटिसन विजेता अञ्जली बस्यालले विश्वास व्यक्त गरिन् ।आयोजकका अनुसार मधेश प्रदेशको कला,संस्कृति र सौन्दर्य क्षेत्रलाई राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न चरण पार गरी छनोट भएका प्रतियोगीहरूबीच फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

सम्बन्धित समाचार