सर्लाहीको लालबन्दी नगरपालिका १३ पत्थरकाेट स्थित रहेकाे प्रहरी चाैकी पत्थरकाेटका प्रहरी प्रमुख एवम असईमाथि हातपात गरेकाे आराेपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १३ पत्थरकोट गैरिगाउँ क्षेत्रमा गस्तिमा खटिएका प्रहरी चाैकी पत्थरकाेटका प्रहरी प्रमुख एवम असई उमाशंकर यादवले नारायणखोलाबाट पत्थरकाेट तर्फ आउदै गरेकाे माेटरसाईकललाई राेकी चेकजाँच गर्ने क्रममा साे माेटरसाईकलमा सवार लालबन्दी नगरपालिका १२ का लेख बहादुर पुलामीले असई यादवमाथि हातपात गरेपछि माेटरसाईकल सहित उनलाई नियन्त्रणमा लिएको प्रहरी स्राेतले जनाएको छ ।
नियन्त्रणमा लिईएकाे माेटरसाईकल सहित पुलामीलाई प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको प्रहरी स्राेतले जनाएको छ ।प्रहरीले माेटरसाईकल नम्बर खुलाएकाे छैन ।