सर्लाहीका अधिकांश पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सर्लाहीका प्रमुखका अनुसार सर्लाहीमा सञ्चालित अधिकांश पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएको हो।जिल्लामा करिब एक हर्जन पानी उद्योगहरु रहेका भएपनि अधिकांश पानी उद्योगहरुमा प्रयोगशाला नरहेको पाइएको छ ।
जिल्लाका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगको अनुगमन गर्दा अधिकांश पानी उद्योगहरुमा प्रयोगशाला नभएको पाइएपछि तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाण सहित कार्यालयमा जानकारी दिन भनिएको प्रयोगशाला नहुँदा उपभोक्ता शुद्ध पिउँने पानी पिउनबाट बञ्चित भएका छन् ।प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका–२०७४ अनुसार पानी उद्योगहरुमा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको भएपनि सर्लाहीमा सञ्चालित पानी उद्योगहरुले प्रयोगशालाको व्यवस्थापन नगरेका पाइएपनि त्यसको उचित नियमन हुन नसकेको स्थानीय उपभोक्ताहरुको गुनासो छ ।
प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रसायनिक विश्लेषण मान्यता प्राप्त प्रयोगशालाबाट गराउनुपर्ने प्रावधान भएपनि सर्लाहीका पानी उद्योगहरुले कानुनी प्रावधानलाई ख्याल नगरी व्यापारलाई मात्रै प्राथमिकता दिएका पाइएको छ ।
“सर्लाहीका कतिपय पानी उद्योगहरुले सिधैँ जार तथा बोतलमा भरेर तथा कतिपय पानी उद्योगहरुले “आरो मेसिन”बाट पानी प्रशोधन गरेर हातैले भरेर सिधै बजार पठाउने गरेका छन्।तर,उपकरणमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन,भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन।”खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सर्लाही अनुगमन गरी प्रचलितमापदण्ड र प्रावधान विपरित सञ्चालित पानी उद्योगहरुलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन दिइएको भएपनि उद्योगहरुले त्यसलाई अटेर गरी आफुखुसी गर्दै आएका छन् ।