सप्तरीका तीन योेजना मन्त्री लेखीद्धारा अनुगमन

376 Shares

सप्तरीको सप्तकोशी नगरपालिकाको विभिन्न योजनाहरु स्थलगत निरीक्षण गर्न मधेस सरकारका प्रवक्ता एवम गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले पुगेका छन् ।संघीय सरकारको योजनामा सप्तकोशी नगरपालिका ४,६ र ७ मा भइरहेका निर्माण कार्यको स्थलगत अनुगमन तथा निरीक्षण गर्न मन्त्री लेखी सप्तरी पुगेका हुन ।
संघीय सरकारको योजनामा सप्तकोशी नगरपालिका ४ स्थित विशेश्वर बैरागी आधारभूत विद्यालयको निर्माणाधीन भवन निर्माण भइरहेको छ भने सप्तकोशी नगरपालिका ६ मा आरसीसी ढलान र सप्तकोशी नगरपालिका ७ मा शैलेन्द्री प्राथमिक विद्यालय निर्माण कार्य भई रहेको छ ।मधेश प्रदेशमा योजना खरिद विक्रि हुने र गुणस्तरहिन काम हुने गरेको चौतर्फि चर्चा चलि रहेको समयमा मन्त्री लेखीले निर्माणाधिन अवस्थाका कामहरुको स्थलगत अवलोकन गरेका हुन ।

सम्बन्धित समाचार