वाइसियल सर्लाहीको अध्यक्षमा श्रेष्ठ,

440 Shares

नेकपा (माओवादी केन्द्र)निकट योङ कम्युनिष्ट लिग नेपाल (वाइसियल) सर्लाहीको अध्यक्षमा घमराज श्रेष्ठ (राजकुमार) चयन भएका छन्।सर्लाहीको बागमतीमा भएको तेस्रो जिल्ला सम्मेलनले श्रेष्ठ अध्यक्ष रहने गरी वाइसियलको ६५ सदस्यीय वाइसियल नेपाल सर्लाही जिल्ला कमिटी सर्वसम्मतरुपमा गठन भएको वाइसियल नेपालका नेता नविन थापाले जाकारी दिए ।
उनका अनुसार समितिमा उपा अध्यक्षमा हेमराज पौडेल,डम्बर लामा र नितेश कुमार यादव,सचिवमा राजकुमार बोहोरा,सह सचिवमा उमेश साह र निरन्जन राय र कोषाअध्यक्षमा सीता चौधरीसहित अन्य ४१ सदस्य चयन भएका छन् भने अन्य सदस्यहरु मनोनित हुने छन् ।वाइसियल नेपाल सर्लाहीका अध्यक्ष नरेश ग्रांजा मगरको अध्यक्षता तथा माओवादी केन्द्र सर्लाहीका इन्चार्ज अच्यूतम प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा बागमती नगरपालिका कार्यालयको सभा हलमा वाइसियल सर्लाहीको तेस्रो जिल्ला सम्मेलन सम्पन्न भएको हो ।

सम्बन्धित समाचार