क्षयरोग सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम

291 Shares

मधेश प्रदेश र कोशी प्रदेशमा कार्यरत क्षयरोग सम्बन्धी जिल्ला कार्यक्रम संयोजकहरूको क्षमता अभिवृद्धि गर्न बागमती सेवा समाज नेपाल सर्लाहीले दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको छ ।दिगो स्वास्थ्य सेवा प्रवाह,समुदायस्तरमा क्षयरोग नियन्त्रण तथा रोकथाम कार्यलाई थप प्रभावकारी बनाउन भन्दै  मधेश र कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यक्रम संयोजकहरूलाई क्षयरोगको वर्तमान अवस्था,सरकारी नीति तथा कार्ययोजना,रोग पहिचान र रिपोर्टिङ प्रणाली,समुदायमा जनचेतना अभिवृद्धि गर्ने विधि,निगरानी तथा मूल्याङ्कन प्रणाली जस्ता विषयमा प्रशिक्षण प्रदान गरिएको बागमती सेवा समाज नेपाल सर्लाहीका क्षयरोग कार्यक्रम संयोजक(टिम लिडर)नथुनी मण्डलले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ९ स्थित रहेको होटल होलिडे इनमा भएको कार्यक्रममा डा.मुक्ति खनाल, र गोबिन्द माझी  लगायतका विज्ञहरूले सहजीकरण गरेका थिए ।कार्यक्रमलाई सहजीकरण गर्दै डा.खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने,माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन सम्बन्धी तथा कार्यक्रम संयोजक मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राखेका थिए।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका विज्ञ,रक्षात्मक स्वास्थ्यसम्बन्धी संस्था तथा विभिन्न सरोकारवाला निकायका विशेषज्ञहरूको विषेश सहभागीता रहेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार