बागमती २ मा भएको सवारी दुर्घटना एकको मृत्यु एक गम्भीर घाईते

269 Shares

पुर्व पश्चीम रजामार्ग स्थित सर्लाहीको बागमती  नगरपालि १ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।शनिबार भएको दुर्घटनामा घाइते भएका मलंगवा नगरपालिका १० का अन्दाजी बर्ष २१ का मोहमद कैफ मिकरानी र मलंगवा नगरपालिका १० का अन्दाजी बर्ष २४ का सुमित कुमार यादव घाइते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार ना ७ ख ६३९१ नम्बरको बालुवा लोड भएको टिपरले विपरित दिशाबाट जाँदै गरेको बा ६६ प ८४६० नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गम्भीर घाईते भएका दुवै जनालाई वीरगन्ज तर्फ उपचारका लागि पठाईएकोमा उपचारको क्रममा मलंगवा नगरपालिका १० का अन्दाजी बर्ष २१ का मिकरानीको मृत्यु भएको थियो भने मलंगवा नगरपालिका १० का अन्दाजी बर्ष २४ का यादवको एलएस न्यूरो हस्पिटल बारामा उपचार भईरहेको छ।दुर्घटनामा संलग्न सवारी साधन इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार