पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका १२ बाट प्रहरीले ठूलो मात्रामा राजश्व छलीको सामान नियन्त्रमा लिएको छ ।बुटवलबाट मोरङतर्फ आउदै गरेको प्र. ३–०१–००५ ख ९४६० नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा उक्त ट्रकमा लोड भएको सामानको विल शंकास्पद देखिएपछि नियनत्रणमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक सरोज राईले जानकारी दिए ।

उनका अनुसार ट्रकमा करिब रु ४७ लाख ९७ हजार पाँच सय एक बराबरको जिरा पाउडर,कस्मेटिक सामग्री,टायर,हेलमेट,मोटर पाट्र्स,ब्याट्री,औषधि, मेसिन,हार्डवेयरका सामग्री र किचेन सिंक लगायतका विभिन्न खुद्रा सामानहरुको विल शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको उक्त ट्रक सहित सामान थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया,बारा पठाइएको छ ।

पुर्व पश्चीम राजमार्गसंग जोडिएको ईलाका प्रहरी कार्यालय कर्मैयामा प्रहरी प्रमुख एवम प्रहरी नायव निरीक्षक सुभाष यादवले कमाण्ड सम्हालेदेखि हाल सम्म करिब रु चार करोड बराबरको राजश्व छलीको समान सहित ट्रक नियन्त्रणमा लिएका छन्।पुस ६ गते ईलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड सम्हालेका प्रहरी नायव निरीक्षक यादवको कमाण्डको प्रहरी टोलीले ना ६ ख ४८९५ नम्बरको ट्रक र रु ७० लाख १९ हजार आठ सय २९,ना ७ ख १५८४ नम्बरको ट्रक र रु २७ लाख ४५ हजार नौ सय,ना ८ ख १००१ नम्बरको ट्रक र रु एक करोड ४६ लाख ५३ हजार तीन,ना ५ ख ५८३ नम्बरको बसबाट रु एक लाख ८० हजार,प्रदेश ३ ०१ ००५ ख ९५२२ नम्बरको ट्रक र रु ७४ लाख ८६ हजार चार सय २५,बागमती प्रदेश ०३००१ ख ९४१ नम्बरको ट्रक र रु ६२ लाख ३० हजार दुई सय १७,ना ३ ख ९८७५ नम्बरको ट्रक र रु १२ लाख ७४ हजार छ सय ९६,लु २ ख ६८०० नम्बरको बसबाट रु एक लाख ११ हजार र प्रदेश ३ ०१ ००५ ख ९४६० नम्बरको ट्रक र रु ४७ लाख ९७ हजार पाँच सय गरी करिब रु चार करोड बराबरको राजश्व छलीका विभिन्न किसिमका सामानहरु नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि भन्सार तथा राजश्व कार्यालय पठाएका जिल्ला प्रहरी कार्यालय सर्लाही स्रोतको भनाई छ ।
प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीको महिला सेलमा रहँदा समेत हत्या,अपहरण पछि शरीर बन्धक,लागु औषध,फरार प्रतिवादीहरुका साथै जवरजस्ती करणी र बाल यौन दुराचार मुद्धाका प्रतिवादीहरु र फरार प्रतिवादीहरुलाई नियन्त्रणमा लिनुका साथै नेपाली युवाहरुलाई अपहरण गरी बन्धक बनाईका दुई जनालाई उद्धार गर्न सक्रिय रहेका प्रहरी नायव निरीक्षक यादवले ईलाका प्रहरी कार्यालय कर्मैयाको कमाण्ड सम्हालेपछि पुस ९ गते यता लसुन,कवाडी,कपडा,मोटर पार्टस,हार्डवेयर,विजुलीका सामानहरुका साथै औषधी,रबर लगायतका सामानहरु नियन्त्रणमा लिएका छन्।ईलाका प्रहरी कार्यालय कर्मैयाको क्षेत्रमा हुने चोरी तथा अपराधिक गतिविधिहरु न्यूनिकरण गर्न ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख प्रहरी नायव निरीक्षक यादवको टिम सक्रिय भएर लागेको छ ।उनको टिमले तीन जना मानिस सहित लागु औषध समेत नियन्त्रणमा लिएको छ ।

