Close This

बिबाहको प्रलोभनमा दुई किशोरद्धारा सामुहिक बलात्कार

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-९ गते   ४१२ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ६ मा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना शुक्रबार सार्वजनिक भएको छ। होटलमा काम गर्ने लालबन्दी नगरपालिका–६ की १४ वर्षीया किशोरीलाई विवाहको प्रलोभन देखाई बलात्कार गरिएको खुल्न आएको हो ।

 किशोरीमाथि बलात्कार गर्ने लालबन्दी नगरपालिका–७ का २५ वर्षीय सुमन विश्वकर्मा र लालबन्दी–६ का २६ वर्षीय रामबहादुर पराजुली फरार भएका छन्। यही असार ५ गते राति किशोरीलाई लालबन्दी बजारस्थित फेसबुक होटलमा लगेर बलात्कार गरेको खुलेको छ। २५ वर्षीय विकले पीडित किशोरीलाई काठमाडौं लगी विवाह गर्ने प्रलोभन देखाई ५ गते राति साढे ११ बजे होटलमा पु¥याएका थिए।

 किशोरीलाई होटलमा पु¥याई भोलि काठमाडौं जाने र त्यसपछि विवाह गर्ने भन्दै दुई किशोरले होटलमै विवाह हुने खुसियालीमा केक काटेर खानुका साथै किशोरीलाई चिसो खुवाएका थिए।  चिसो खाएको केही मिनेटमा नशा लागेको जस्तो भएको र त्यसपछि आफूलाई विवाह गर्ने प्रलोभन देखाएका युवक र उनका साथीले पालैपालो जबरजस्ती गरेका पीडित किशोरीले बताएकी छन्।

 पीडितको जाहेरी लिएर घटनामा संलग्न भई फरार रहेका दुवै युवकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।  भने पछिल्लो क्रममा लालबन्दी क्षेत्रका केही होटलहरुमा प्रहरीको मिलेमतोमा यस्ता गतिविधिहरु हुने गरेका आरोपहरु आउन थालेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech