भदौ १० गते भोटेकोसीमा आएको बाढीपछि प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले सर्लाहीको बागमती नगरपालिका(१ स्थित रहेको मिलनचोक युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा सय जनाले रक्तदान गरेका छन्। प्राकृतिक विपद्का कारण प्रभावित क्षेत्रमा उपचार आवश्यक पर्ने बिरामी तथा घाइतेको संख्या बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक मिलन चोक युवा क्बलका अध्यक्ष गोकर्ण रुपाखेतीले जानकारी दिए।
उनका अनुसार कार्यक्रममा नागरिक,सामाजिक अभियन्ता,युवा, व्यवसायी तथा स्थानीय गरि ८४ जना पुरुष र १६ जना महिला गरि सय जनाले रक्तदान गरेका छन्।सहभागीहरूले विपद्को समयमा मानवीय सहयोग सबैभन्दा महत्वपूर्ण हुने भन्दै आफ्नो शरीरबाट संकलित रगतले कसैको जीवन बचाउन सक्ने भएकाले रक्तदानमा सहभागी भएको बताएका छन्।बाढी,पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्का समयमा स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीको चाप बढ्ने अवस्थालाई मध्यनजर गर्दैन बागमती नगरपालिका र मिलन चोक युवा क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जनकपुरको प्राविधिक सहयोगमा बागमती नगरपालिका(१ मिलन चोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक सरोज भुजेलले बताए ।

कतिपय अवस्थामा घाइते तथा गम्भीर बिरामीलाई तत्काल रगत आवश्यक पर्ने भएकाले पर्याप्त रक्तसञ्चार सुनिश्चित गर्न रक्तदान कार्यक्रम प्रभावकारी हुने आयोजकको भनाइ छ। रक्तदान कार्यक्रममा सहभागीहरूले विपद्को समयमा पीडित परिवारलाई खाद्यान्न,कपडा तथा अन्य सामग्री सहयोग गर्नुका साथै स्वास्थ्य क्षेत्रमा पनि सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूले विपद् पीडितको उद्धार र राहतमा सरकार तथा सम्बन्धित निकायसँगै नागरिक समाज र सर्वसाधारणको समेत महत्वपूर्ण भूमिका रहने बताए। कार्यक्रममा रक्तदानसँगै बाढी तथा डुबानबाट प्रभावित परिवारको अवस्था, उद्धार तथा राहतको आवश्यकता बारे पनि अनौपचारीक छलफल समेत गरिएको बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण बहादुर लामाले बताए । उनका अनुसार सहभागीहरूले तत्काल राहतसँगै विपद् प्रभावित क्षेत्रमा दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन्। संकलित रगत सम्बन्धित रक्तसञ्चार केन्द्रमार्फत आवश्यक परेका बिरामीको उपचारमा प्रयोग गरिने नपाल रेडक्रस सोसाईटी जनकपुरले जनाएको छ।
कार्यक्रमले विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वको भावना अझ मजबुत बनाउने विश्वास आयोजकले व्यक्त गरेको छ। बाढी तथा डुबानबाट प्रभावित नागरिकको जीवन सहज बनाउन सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै आयोजकले आगामी दिनमा पनि आवश्यकता अनुसार राहत,स्वास्थ्य सहायता तथा अन्य सहयोगका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। रक्तदानजस्तो मानवीय कार्यले विपद्को समयमा पीडितप्रति ऐक्यबद्धता जनाउनुका साथै समाजमा सहयोग र सेवाको भावना विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याउने सहभागीहरूको भनाइ छ।