करिब डेढ लाखको धातु र चाँदी गरगहना बरामद्

356 Shares

पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका १ बाट करिब एक लाख ५० हजार बराबरको धातु र चाँदी गरगहना बरामद् गरिएको छ।पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको लालबन्दी नगरपालिका १ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही अगाडी नियमित चेकजाँचको क्रममा बिआर ३० एके ७२२० नम्बरको स्कापियोबाट  धातु र चाँदी गरगहना सहित नगद गरी करिब एक लाख ५० हजार सहित स्कारपियो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले जानकारी दए ।
 बिआर ३० एके ७२२० नम्बरको स्कापियोलाई रोकी चेकजाँच गर्दा साथमा भन्सार कागजात नभएको र चालकले माद्यक पदार्थ सेवन गरेको अवस्थामा फेला पारी भन्सार कागजात समेत नभएको पाइएपछि माद्यक पदार्थ सेवन नगरेको र भन्सार कागजात लिएर आउँन भन्दा स्कारपियोमा आएका चालक सहित चार जना मानिस स्कारपियो छाडी गएको धेरै समयसम्म पनि नआए पश्चात शंका लागी सवारी नियन्त्रणमा लिई अनुसन्धान गर्दा उक्त स्कारपियोमा धातु र चाँदी गरगहना सहित नगद गरी करिब एक लाख ५० हजार बरामद् भएको हो ।धातु र चाँदी गरगहना सहित नगद गरी करिब एक लाख ५० हजार सहित नियन्त्रणमा लिएको स्कारपियोलाई आवश्यक कार्बाहीका लागि सर्लाही भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार