सर्लाहीको हरिवन नगरपालिका १ का वडा अध्यक्ष टोम बहादुर तामाङले पत्रकार र अख्तियारलाई किन्दिने बताएका छन्।हरिवन नगरपालिका १ स्थित पटौना खोलामा निर्माणाधिन अवस्थामा रहेको पुलको विषयमा नागरिकबाट व्यापक गुनासो आएपछि स्थलगत रिपोर्टीङका लागि पुगेको कमलमाई मिडिया प्रा.लिको टिमसंग कुरा गर्दै वडा अध्यक्ष तामाङले यस्तो बताएका हुन ।
नेपाली सेनाबाट अवकास प्राप्त भई नेपाली कांग्रेसको तर्फबाट हरिवन नगरपालिका १ को वडा अध्यक्ष बनेका तामाङले आफ्ना पुराना कथाहरु सुनाउँदै अख्तियार र पत्रकारलाई किनबेच गर्न सकिने बताए।हरिवन नगरपालिका १ स्थित वडा कार्यालय नजिकै नेपाल सरकारको चार करोड ६६ लाख ५१ हजार दुई सय ६९ रुपैँया ७३ पैसा भ्याट समेतमा २०७८ चैत्र नौ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै महालक्ष्मी÷पाण्डे एण्ड कम्पनी÷ड्रागन जेभी सातदोबाटो ललितपुरले ठेक्का सरकार गरेको पुलको निर्माणको चरणमै लार्पबाही भएपछि ढलान गर्ने समयमा बाढीले पूल बगाएको थियो । कुल ४६ मिटर लम्बाई र ११ मिटर चौडाई रहेको पुलको निर्माण कार्य प्रति स्थानीयबाट व्यापक गुनासो आएपछि स्थलगत रिपोर्टीङमा गएको हाम्रो टिमसंग वडा अध्यक्ष तामाङले यस्तो बताएका हुन ।
कोरोना महामारीको मुखैमा ठेक्का सरकार गरेको महालक्ष्मी/पाण्डे एण्ड कम्पनी/ड्रागन जेभी सातदोबाटो ललितपुरले निर्माण सामाग्रीको मुल्य बढेपछि काम गर्न नसक्ने भन्दै ठेकेदार कम्पनी सम्पर्क विहिन भएको थियो।त्यसपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका तत्कालीन प्रमुख दरोग प्रसाद साहले स्थानीय निर्माण व्यवसायी महेन्द्र महत्तोलाई दुई आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न भन्दै आर्थिक वर्ष २०८०/०८१ मा निर्माणको जिम्मा लगाएको थियो।तर पुल निर्माण गर्दै गर्दा पुलको नजिकैबाट नदीजन्य पदार्थ उत्खन्न गरेर ठूलो खाल्डो बनाएपछि स्थानीयले पुल बाढीको जोखिममा परेको भन्दै हाम्रोे टिमसंग गुनासो गरेका थिए ।