Close This

पुल निर्माणकार्य वषौँदेखि अलपत्र हुँदा स्थानीयलाई सास्ती,

रासस    प्रकाशित: २०७७-४-१० गते   ३५३ पटक हेरिएको

हुलाकी सडक अन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलंगवा नगरपालिकाको मध्य भाग भएर बग्ने सखुअवा खोलामाथि पक्की पुल नहुँदा सर्वसाधारणले समस्यामा परेका छन ।
हिउँदको समयमा खोलामा पानी नहुने भएपनि वर्षायाम सुरु भएपछि खोलावारपार गर्नु पर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर  खोला तर्नु पर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानियबासीहरु मारमा परेका हुन ।
    सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रुहरु स्थानीयले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएका एक स्थानिय राम करण महत्तो बताएका छन ।

सखुअवा टोलका केही स्थानीय  युवाहरुले सो कम्मची  अस्थायी पुलबाट साइकल तारेको प्रति साईकल ५० रुपैयाँ र मोटरसाइकल तारेको १५० रुपैयाँ असुल्दै गरेका स्थानियको भनाई छ ।निर्माणकार्य सुरु गरेको वर्षौ भएपनि ठेकेदारको लापरबाही तथा ढिलासुस्तीका  कारण पूरा अहिले सम्म पनि निर्माण सम्पन्न नभएकोले हो ।

जसका कारण बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भएपनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा  यात्रुहरुलाई  साइकल, मोटरसाईल लिएर वारपार गर्न बाध्य भएका छन । अहिले बाँसका यस्ता अस्थायी पुलहरु  बाढीले कटान गरेका जिल्लाका दर्जनौं स्थानका खोलाहरुमा बनाइएका छन्। 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech