नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही ईन्चार्ज कुमार पौडेललाई राज्यले निर्ममतापुर्ण हत्या गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही ईन्चार्ज कमल सुस्लिङले बताए ।स्व. पौड्लको ७ औं स्मृति दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही ईन्चार्ज कमलले सुकुम्बासी,विपन्न र मिटरब्याज पीडित जनताको पक्षमा आवाज उठाउँदा नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन केन्द्रीय सदस्य तथा सर्लाही ईन्चार्ज पौडेललाई राज्यले २०७६ असार ५ गते निर्ममतापुर्ण हत्या गरेको आरोप लगाए ।उनले तत्कालीन सरकारले नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएको समयमा सरकारद्वारा पौडेलको हत्या गरिएको बताए ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला ईन्चार्ज सुस्लिङको अध्यक्षतामा हरिवन नगरपालिका ६ स्थित चार्लिकमा आयोजना गरिएको ७ औं स्मृति दिवश कार्यक्रममा स्व.पौडेलले भुमिहिन सुकुम्बासी तथा तल्लो वर्गका नागरिकहरुका लागि खेलेको भुमिकालाई सम्झीदै उनको यात्रालाई निरन्तरता दिने नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश सचिव पवन महतोले बताए ।
उनले स्व.पौडेलको शरीरका विभिन्न भागमा नौ वटा गोली लागेको स्मरण गर्दै सुकुम्बासी,विपन्न तथा मिठर व्याज पीडितहरुको पक्षमा आवाज उठाउँनुका साथै सागरनाथ वन विकास परियोजनाको लुटतन्त्रका विरुद्ध,नेपाल आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार भएको भन्दै सो जमिनमा झण्डा गाडिएको र भ्रष्टाचार विरुद्ध कडा रुपमा प्रस्तुत भएपछि आफ्ना नेता पौडेलको राज्य पक्षले हत्या गरेको बताए ।
कार्यक्रमका वक्ताहरुले सागरनाथ वन विकास परियोजना अहिले पनि सुकुम्बासीहरु माथि प्रहार गर्ने तयारीमा रहेको बताए ।कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी निकट लघुवित्त तथा मिटर व्याज पीडित संघर्ष समितिकी केन्द्रीय सदस्य शकुनी र अखिल नेपाल किसान संघ केन्द्रीय सदस्य ल्वाङ्ग सिह लगायत दर्जनौं व्यक्तिको विशेष उपस्थिति रहेको थियो।