राप्रपा बुढीगंगा गाउँपालिका समितिको अध्यक्षता माझि सर्वसम्मत

507 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बुढीगंगा गाउँपालिका समितिको अधिवेशनबाट आशा देवी माझिको अध्यक्षतामा २० सदस्य  नयाँ कार्य समिति चयन भएको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सह प्रवक्ता दिनेश साहको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले माझीको अध्यक्षतामा १९ सदस्यीय सर्वसहमत चयन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन समिति सदस्य एवम मोरङ जिल्ला समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।

1750518253-y4wD3-thumb.jpg
उनका अनुसार बांकी पदाधिकारीहरु अधिवेशनबाट आएका सदस्यहरुले नै चयन गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को प्रावधान रहेको छ।अधिवेशनमा केन्द्रीय सल्लाहकार एवम राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन समितिका संयोजक उद्धव चन्द्र घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङका सचिव जय प्रसाद सिटौला लगायत विभिन्न तहका नेताहरुको विशेष उपस्थिति रहेको थियो ।त्यसैगरी,केही दिन पहिला अधिवेशन भएको कानेपोखरी गाउँपालिका समितिको सपथ ग्रहण आईतबार हुने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङले जनाएको छ ।

सम्बन्धित समाचार