नेपालकी चर्चिच महिला रेस्लर खेलाडी भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरइडब्लु रेस्लिङको महिला सिंगल्स म्याचमा पनि उपाधि जितेकी छन् । रेस्लिङ खेलाडी खड्काले पाकिस्तानकी बेगिसालाई हराएर पाकिस्तानमा भएको पहिलो महिला रेस्लिङ प्रतियोगितामा उपाधी जितेकी हुन ।२०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी नेपालकी पहिलो महिला रेस्लर खड्काले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरी सकेकी छन् ।केही समय पहिला विश्व कै सबै भन्दा अग्लो स्थान कालापत्थरमा भएको प्रतियोगितामा उपाधी प्राप्त गरी नेपालको नाम विश्व रेकर्डमा दर्ता गराएकी थिईन् ।

करिब पाँच हर्जन फिल्म खेली सकेकी रेस्लर खेलाडी खड्काले करिब दुई हर्जन गीतहरु समेत गाएकी छन् ।आरइडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो।सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबिच भएको थियो।रामेछापकी चेली खड्काको नाम वल्र्ड बुक अफ रेकड्र्स, लन्डनमा पनि समावेश छ ।खड्का आफै अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वल्र्ड बुक अफ रेकड्र्स, लन्डनमा नाम समावेश गरिएको हो ।
गत मे १६ मा भएको सगरमाथा दिवसको अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसनलाई पराजित गर्दै नेपालको नाम विश्व रेकर्डमा दर्ता गराएकी हुन ।उनले असोजमा विश्व कै सबै भन्दा अग्लो स्थानमा रहेको तिलिचो तालमा पनि प्रतियोगिताको आयोजना गर्दैछिन् ।