442
Shares
सर्लाहीको मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट लागु औषध सहित लालबन्दीका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।भारतबाट नेपाल आउँदै गरेको अवस्थामा लागुऔषध नाइट्राजेडपाम १७ ट्याब्लेट लागुऔषध सहित लालबन्दी नगरपालिका ८ का अन्दाजी २७ वर्षीय विवेक चौलागाई र अन्दाजी २६ वर्षीय लक्ष्मण बम्जनलाई बा.६६ प १५७५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार मलंगवा नगरपालिका ८ स्थित नेपाल भारत सीमा क्षेत्रमा प्रहरीको नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।