तीनपाटनका अध्यक्ष थापा र उपाअध्यक्ष पुलामीले लिए कानुन विपरीत इन्धन,खाना–खाजा र बैठक भत्ता

273 Shares

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका अध्यक्ष र उपा अध्यक्षले कानुन विपरीत इन्धन,खाना–खाजा र बैठक भत्ता लिएका रहस्य बाहिरिएको छ ।बागमती प्रदेशले जनप्रतिनिधिले पाउने सेवा सुविधाका सम्बन्धमा ऐन नै बनाएर लागु गरेको भएपनि उक्त ऐनलाई लत्याएर तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा र उपा अध्यक्ष धन बहादुर पुलामी(अशोक)ले उैन विपरित बढी सुविधा लिएर भ्रष्टाचार गरेका हुन ।सवारी साधन उपलब्ध भएमा मासिक ८० लिटर प्रतिव्यक्ती इन्धन लिन पाउने बागमती प्रदेशको स्थानीय तहका जननिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन २०७५ को अनुसूची १ (क) मा व्यवस्था छ ।
सवारीसाधन उपलब्ध नभएमा मासिक दश हजार गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले लिन पाउँने,बैठक भत्ता प्रति बैठक एक हजार लिन पाउने तथा अतिथि सत्कारमा गाउँपालिका अध्यक्षले मासिक नौ हजार र उपाध्यक्षले पाँच हजार पाउँने साथै गाउँपालिका अध्यक्ष र उपाध्यक्षले खाजामा मासिक पाँच/पाँच हजार पाउने व्यवस्था छ ।
तर तीनपाटन गाउँपालिकाका अध्यक्ष थापा र उपाध्यक्ष पुलामीले आर्थिक वर्ष २०८१/०८२ मा ऐनले तोकेभन्दा धेरै गुणा बढी इन्धन उपभोग गरेका पाइएको छ।गाउँपालिका अध्यक्ष थापाले बा २ झ ३६७० नम्बरको गाडी प्रयोग गर्छन भने उनले पाँच हजार पाँच सय लिटर इन्धन लिएका छन् ।अघिल्लो आर्थिक वर्षमा पनि गाउँपालिका अध्यक्ष थापाले लिएको इन्धन खर्च कानुन विपरीत रहेको महालेखा परिक्षकले पुष्टि गरेको छ ।
अध्यक्ष थापाले वर्षमा नौ सय ६० लिटर मात्रै इन्धन पाउने ऐनमा व्यवस्था छ ।तर पालिका अध्यक्ष थापाले त्यो भन्दा आठौं गुणा बढी इन्धन लिएर गाउँपालिकाको करिब सात लाखभन्दा बढी रकम अनियमितता“भ्रष्टाचार”गरेको छन् ।यस अघिका वर्षहरुमा पनि अध्यक्ष थापाले इन्धनमा “भ्रष्टाचार”गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।दुई वर्ष अघि चार लाख भन्दा बढी इन्धन सुविधा अध्यक्ष थापाले फिर्ता गर्नुपर्ने महालेखाको प्रतिवेदनले औंल्याएको थियो । अघिल्लो आर्थिक वर्षमा पनि पालिका अध्यक्ष थापाले वर्षभर चार हजार एक सय ४३ लिटर डिजेल प्रयोग गरेका थिए ।
उपाध्यक्ष पुलामीले पनि पालिका अध्यक्ष थापासँग प्रतिस्पर्धा गर्दै यो आर्थिक वर्ष चार हजार सात सय ४५ लिटर भन्दा बढी इन्धन सुविधा लिएका छन्।उनले मासिक ८० लिटर इन्धन सुविधा पाउने कानुनी व्यवस्था छ।जुन वर्षमा नौ सय ६० लिटर हुन आउँछ ।अघिल्लो वर्षमा पनि उपाध्यक्ष पुलामीले करिब तीन हजार लिटर इन्धन लिएको तथ्यांक महालेखा प्रतिवेदनमा छ।उनले पनि अध्यक्ष थापासँगै मिलेर नागरिकको करमा मोज गरिरहेका भएपनि सरोकारवाला निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग बेखबर देखिएको छ ।
तीनपाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले बा २ झ ५८३१ नम्बरको गाडी प्रयोग गर्छन।उनले प्रयोग गर्ने गाडीमा यो आर्थिक वर्षमा एक हजार नौ सय ६१ लिटर इन्धन प्रयोग गरेका छन् ।त्यसैगरी,तीनपाटन गाउँपालिकाका जनप्रतिनिधिहरुको खाना,खाजा र होटलको बीलमा समेत भ्रष्टाचार भएको पाइएको छ।नागरिकको करले गाउँपालिकाले खाजा खानाको विल तिर्ने गरेको पाइएको हो ।गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले पाँच÷पाँच हजार खाजामा मासिक खर्च गर्न पाउने व्यवस्था छ।तर तीनपाटन गाउँपालिकाका अध्यक्ष थापा र उपाध्यक्ष पुलामीले होटलबाट बील मगाएर राज्यकोषको पैसाले गाउँपालिकामा विविध खर्च उपशीर्षकमा राखेर खाजाको पैसा तिर्ने गरेका पाइएको हो ।
थापा खाजा घर,आकांक्षा होटल एण्ड खाजा घर,सन्देश होटल,प्रयास होटल र एपोलो गेष्ट हाउस एण्ड रेष्टुराँलाई खाजा तथा खाना वापत तिरेको खर्च हेर्दा तीनपाटन गाउंपालिकाले खाना–खाजा र होटल प्रयोजनको नाममा चरम भ्रष्टाचार गरेका स्पष्ट छ ।गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा दायित्व सिर्जना भई आर्थिक वर्ष २०८१/०८२ मा भुक्तानी दिएका शीर्षकहरु पनि शंकास्पद देखिएका छन्।आर्थिक वर्ष २०७९/०८० को भुक्तानी यस वर्ष दिनुपर्ने अवस्थाले पनि पालिकाको आर्थिक कारोबार शंकास्पद देखिन्छ।आर्थिक वर्ष २०७९/०८० पछि अर्को आर्थिक वर्ष २०८०/०८१ सकिएर आर्थिक वर्ष २०८१/०८२ आयो तर लगातार आउने आर्थिक वर्षमा भुक्तानी नगरेर पछिल्लो अर्को आर्थिक वर्षमा केही शीर्षकहरूमा भुक्तानी गरेको पालिकाले एक वर्षको भुक्तानी ग्याप राखेको देखिन्छ।पालिकाले बिना शीर्षक “गत आर्थिक वर्ष २०७९/०८० मा भुक्तानी गर्न बाँकी”शीर्षक राखेर रु नौ लाख सात हजार पाँच सय नौ भुक्तानी यो आर्थिक वर्षमा गरेको देखिन्छ।यो भुक्तानीको दायित्व २०८०/०७/१५ मा सिर्जना गरिएको देखिन्छ।सायद यो भुक्तानीको दायित्व अघिल्लो २०७९ सालमै तयार गरिएको थियो।”यो भुक्तानी के प्रयोजनामा गरिएको हो भन्ने खुलेको छैन ।भुक्तानीको प्रयोजन नखुलेकै कारण यो कारोबार सही वा गलत के थियो भन्ने छुट्याउने अवस्था छैन।अर्को शब्दमा भन्दा यो कारोबार शंकास्पद छ ।
तीनपाटन गाउँपालिकाको आर्थिक पादरर्शीतामा गाउँपालिका अध्यक्ष थापा र गाउँपालिका उपा अध्यक्ष पुलामीले गरेको यो हर्कतले अन्य धेरै गतिविधिहरुमा शंका गर्ने अवस्था सृजना भएको स्थानीय जानकारहरु बताउँछन् ।गत आर्थिक वर्ष २०७९/०८० मा भुक्तानी गर्न बाँकी शीर्षक पूर्वहिट सस्तो पसल,अस्मिता जेनेरल स्टोर्स,पोखरेल कम्युटरलाई २०८० कात्तिक १५ गतेको मिति राखेर रु एक लाख १२ हजार आठ सय २० भुक्तानी दिएको देखिन्छ।यो भनेको चुनाव गराउँदा उम्मेदवारहरूले कार्यकर्तालाई ख्वाएको बिल हो वा अरू कुनै गाउँपालिकाको कामको लागि गरिएको खर्चको बिल हो भनेर छुट्याउन सकिने अवस्था छैन् ।
यता,तीनपाटन गाउँपालिकामा गएका जनप्रतिनिधि,सांसद तथा उच्च तहका कर्मचारीहरुलाई पालिकाले खाना–खाजा तथा होटलको व्यवस्था गरिदिने गरेको गाउँपालिका अध्यक्ष थापाले बताए।गाउँपालिका अध्यक्ष थापाको यो अभिव्यक्तिले पालिका अध्यक्ष,उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतका “इष्टमित्र”तथा आगन्तुक र पाहुनाहरुलाई तीनपाटन गाउँपालिकाका नागरिकले खाजा–खाना तथा होटल खर्च तिरिदिनुपर्ने छ।गाउँपालिकाको विकासका लागि आएको बजेटमा 
कानुन विपरीत खाजा–खाना तथा होटल खर्च तीनपाटन गाउँपालिकाको कोषबाट तिर्दै गर्दा गाउँपालिका बासीले भने खानेपानीको पाइपसम्म नपाएको गुनासो सुनाइरहेका छन्।तर गाउँपालिका अध्यक्ष थापा होटल,खाना–खाजाको खर्चलाई आवश्यकताको रूपमा लिन्छन् । गाउँपालिकामा उच्च तहका कर्मचारी,जननिर्वाचित पदाधिकारी आउँदा गाउँपालिकाले उनीहरुको खाना र बस्ने व्यवस्था गरिदिनुपर्ने भएकाले होटल तथा खाना–खाजाको खर्च बढेको गाउँपालिका अध्यक्ष थापाको तर्क छ ।
त्यस्तै,“हामीले पाउने सबै सेवा सुविधा बैंकमार्फत हाम्रो खातामा आउँछ।भ्रमण भत्ता पनि खातामा आउँछ।इन्धनमा ८० लिटर मात्रै हामीले पाउने हो।अनुगमनमा म पािलकाभरी हिँडेको हिँडै गर्नुपर्छ।त्यसैले ८० लिटरले महिनाभर इन्धन पुग्दैन्।हामीलाई इन्धन कुपनमार्फत दिइन्छ।इन्धनको कुपन चाहिँ प्रशासनले ड्राइभरलाई दिन्छ।मैले आफैँले कुपन लिएर सही गरेर इन्धन लिने गरेको छैन।इन्धनमा कति खर्च हुन्छ भन्ने मलाई ठ्याक्कै थाहा हुँदैन।कुपन आफैँले लिएर सही गरेर इन्धन हाल्दा यति खर्च हुँदो रहेछ अनुगमनमा जाँदा भन्ने हुन्थ्यो।अनुगमनमा हिँड्दा त अध्यक्षको भन्दा त मेरो धेरै खर्च हुन्छ।मैले आफैँले कुपन लिएको छैन।अध्यक्ष थापाले चाहिँ लिनुहुन्छ ।म चाहीँ प्रशासनको भरमा छु।”गाउँपालिका उपाअध्यक्ष पुलामीले बताए ।
“हाम्रो गाउँपालिकामा महिनामा चारवटा पनि बैठक बस्दैन ।विषयगत शाखाहरुको बैठक बस्दा कहिले काहीँ एक–दुई हजार बढी भत्ता थपिन सक्छ।नियमित कार्यपालिकाको एउटा बैठक हुन्छ ।नत्र कहिलेकाहीँ दुईवटा बैठक हुनसक्छ।त्यसो कहिलेकाहीँ डुब्लिकेसन भएको पनि हुनसक्छ । महिनामा लाखौं भत्ता चाहिँ कुनले के आधारमा लेख्यो।त्यो चाहिँ हुन नसक्ने कुरा हो ।”गाउँपालिका अध्यक्ष थापाले बताए ।
बागमती प्रदेशको स्थानीय तहका जननिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ अनुसार गाउँपालिका अध्यक्षले मासिक पाउने रु ३४ हजार हो।त्यसमा करकट्टी गरेर रु ३२ हजारजति हुन आउँछ अध्यक्षको।इन्धनमा अध्यक्ष/उपाध्यक्षले मासिक पाउने ८० लिटर हो तर ८० लिटरले चाहिँ पुग्दैन। म गाउँपालिका महासंघ बागमती प्रदेशको अध्यक्ष भएको नाताले पनि त्यो कुरो लगेको छु । तर अहिलेसम्म कार्यविधि संशोधन भएको छैन । 

सम्बन्धित समाचार