सर्लाही भन्सार कार्यालय मलंगवा परिसरमा लामो समयदेखि लिलामी प्रक्रिया अगाडि नबढ्दा करोडौँ मूल्यका सवारी साधन खुला आकाश मुनि थन्किएर नष्ट हुने अवस्थामा पुगेका छन्।सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीले विभिन्न समय र गतिविधिहरुमा संग्लग्न भई नियन्त्रणमा लिएका दुई पांग्रे,चार पांग्रे तथा ठूला सवारी साधन लामो समयदेखि भन्सार परिसरको खुल्ला आकाश मुनी थन्ँिकदा राज्यलाई ठूलो राजस्वमा क्षति पुगेको छ ।
समयमै लिलामी नहुँदा यी सवारी साधन अब प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका भन्सार कार्यालयका कर्मचारीहरु नै बताउँछन्।भन्सार परिसरमा लामो समयदेखि थन्किएका सवारी साधनहरु लिलामीमा बेवास्ता गरिँदा कवाड बन्दै गएका स्थानीयको भनाई छ ।स्थानीयका अनुसार समयमै सवारीसाधन लिलाम नगरिँदा राज्यलाई राजस्वमा ठुलो घाटा पुगिरहेको छ भने लिलामीको समय पर्खिएका सवारी साधनहरु कवाड बन्दै गई रहेका छन् ।
“सुरुमा बरामद गरेर ल्याउँदा राम्रै अवस्थामा रहेका साना तथा ठूला सवारी साधनहरु अहिले कबाडमा परिणत भएका छन्,।जसका कारण राज्यलाई ठुलो राजस्वमा घाटा पुगिरहेको छ तर सरोकारवाला निकायको ध्यान त्यतातिर पुग्न सकेको छैन ।”स्थानीयले बताए ।चोरी,पैठारी,अवैध सामान ढुवानी तथा नक्कली नम्बर प्लेट राखी प्रयोग गरि प्रयोगमा आएका सवारीसाधनलाई सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउँदै आएका छन्।
वर्षौसम्म खुला स्थानमा थन्किँदा सवारी साधनहरुका पाटपुर्जामा खिया लागेको छ भने झाडी बढेर छपक्कै छोपेको छ।भन्सारमा रहेका सवारीसाधन बिव्रmीबाट राज्यले असुल गर्न सक्ने करोडौँ मूल्यको भन्सार शुल्क र कर गुमिरहेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।गत आर्थिक वर्ष २०८१÷०८२ मा सवारी साधन लिलामी गर्न तीन पटक प्रव्रिmया अगाडि बढाइएको भए पनि लिलामी हुन नसकेको सर्लाही भन्सार कार्यालय मलंगवाका प्रमुख ठाकुर आचार्यले जानकारी दिए।उनका अनुसार लिलाम नभएपछि अब यी सवारीसाधनलाई सुरक्षितसँग राख्न सेड घर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट माग गरिएको छ ।