देशको शासन सक्ता परिवर्तनका लागि तत्कालिन नेकपा(माओवादी)को नेतृत्वमा भएको १० वर्ष जनयुद्धको क्रममा सहादत प्राप्त गरेका जनमुक्ति सेना नेपालका बटालियन कमिसार स्व. कमलप्रसाद शर्मा(दिनेश)को सम्झनामा “आँसु झार्दिन”म्युजिक भिडियो सार्वजनिक हुने भएको छ ।नेकपा(माओवादी)को नेतृत्वमा २०५२ सालबाट सुरु भएको जनयुद्धको क्रममा मारिएका सव.दिनेशको सम्झनामा उनकी जीवन संगिनी तथा जनमुक्ति सेना नेपालकी कम्पनी कमिसार तथा जनयुद्धकी घाइते भगवती प्रधान(प्रतिमा)ले “आँसु झार्दिन”म्युजिक भिडियो शनिबार(भोलि) सार्वजनिक गर्न लागेकी हुन ।
सामाजिक रूपान्तरण तथा ऐतिहासिक योगदान र बलिदानको प्रतीक शहिद दिनेशप्रति समर्पित गरेर उनकी जीवन संगिनी जनयुद्धकी घाइते प्रतिमाले थापागाउँ व्याक्वेट,काठमाण्डौँमा “आँसु झार्दिन”म्युजिक भिडियो शनिबार(भोलि) सार्वजनिक गर्न लागेकी पुर्व जनमुत्ती सेना संघ नेपाल सर्लाहीका अध्यक्ष टंक बहादुर बोहरा(शितल)ले जानकारी दिए ।उनका अनुसार जनयुद्धको क्रममा २०६२ बैशाख २६ गते सिराहाको बन्दिपुरमा भएको भीषण मोर्चा युद्धमा आदर्श व्यक्तित्व, सिद्धान्त निष्ठ, राजनीतिक र फौजी क्षमताका धनी जनमुक्ति सेनाका कुशल बटालियन कमिसार दिनेशले वीरगती प्राप्त गरेका थिए ।

देशको शासन सक्ता परिवर्तनका लागि तत्कालिन नेकपा(माओवादी)को नेतृत्वमा भएको १० वर्ष जनयुद्धको क्रममा सहादत प्राप्त गरेका शहिदहरुको सम्मान गर्न नसक्ने हो भने जनयुद्धको कुनै अर्थ र औचित्य नहरने माओवादी केन्द्रका स्थायी कमिटि सदस्य प्रल्हाद बुढाथोकीले बताए।उनका अनुसार महान शहिदहरुका तस्बिरहरुले हामी जिउँदाहरुलाई कम्युनिस्ट सिद्धान्तप्रति गद्धारी नगर्न र शहिदहरुका सपनाहरूप्रति कुठाराघात नगर्न खबरदारी गरिरहेका छन् ।