लालबन्दी १५ बाट ५ किलो बढी गाँजासहित घिसिङ पक्राउ

549 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ बोहोरे डाँडाबाट लागुऔषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।लागु औषध गाँजा पाँच किलो तीन सय ३० ग्राम सहित लालबन्दी नगरपालिका १४ नारायणखोलाका अन्दाजी २१ वर्षीय सन्जिव घिसिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
बा.प्र. ०२–०३२ प ५७१२ नम्वरको मोटरसाइकलमा बोहोरे डाँडाबाट परवानीपुर तर्फ आउँदै गरेका घिसिङलाई लागु औषध गाँजा पाँच किलो तीन सय ३० ग्राम सहित इलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले पक्राउ गरेको हो।प्रहरीका अनुसार मोटरसाईकलमा दुई जना आएकामा प्रहरीलाई देख्नासाथ पछाडि सवार व्यक्ति फरार भएका छन् ।फरार भएका व्यक्तिको खोजी सुरु भएको प्रहरीले जनाएको छ।
सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रका साथै सर्लाहीको उत्तरी चुरे क्षेत्रमा उत्पादन भएको लागु औषध गाँजा सर्लाहीका विभिन्न सकडहरु(बाटा)हरुको प्रयोग गर्दै लागुऔषध कारोबारीहरुले छिमेकी देश भारत सम्म पुर्याउने गरेका पाइएपछि प्रहरीले सक्रियता देखाएको छ ।

सम्बन्धित समाचार