अधिवक्त र पत्रकार बिच झडप,पाँच पत्रकार घाईते

432 Shares

नेपाल बार एशोसिएसन जनकपुर धनुषाको आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका पाँच जना पत्रकारहरु घाईते भएका छन् ।नेपाल पत्रकार महासंघ मधेश प्रदेश जनकपुरधाम उपमहानगरपालिका ४ स्वर्गद्धारा छेउमा रहेको चार कठठा जग्गा गुठि संस्थानसँग भाडामा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बार एसोसिशएसन जनकपुर धनुषाका अधिवक्तहरुले पत्रकारहरु माथि आक्रमाण गर्दा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष श्याम बन्जारा,उपाध्यक्ष ज्योती झा,महासचिव शैलेन्द्र महतो(क्रान्ति),पत्रकार दिवाकर राय र विनिता यादव लगायत घाईते भएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश जनकपुरधाम उपमहानगरपालिका ४ स्वर्गद्धारा छेउमा रहेको चार कठठा जग्गा गुठि संस्थानसँग कानुन अनुरुप २० वर्षका लागि भाडामा लिएर भवन बनाउने तयारी गरिरहेको अवस्थामा बारका अधिवक्तहरुले आक्रमण गर्दा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्रको खुट्टा भाँच्चिएको छ भने पत्रकार रायको टाउकोमा गम्भीर चोट लागेको छ।त्यसैगरी अध्यक्ष बन्जारा,झा र राय सामान्य घाईते भएका नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले जनाएको छ ।महासंघका अनुसार बारले उत्त जग्गा हडप्न खोजेपछि बार र पत्रकारहरु बिचमा विवाद सृजना हुँदा झठप भएको हो।बारका अधिवक्तहरुले उक्त जग्गा आफनो गाडी पार्किङ गर्न प्रयोग गर्न थालेका बुझिएको छ ।
यता,नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका अध्यक्ष बन्जाराले सो जग्गा आफुहरुले वैधानिक रुपमा प्राप्त गरेपछि अनावश्यक रुपमा बारले बखेडा सृजना गरेको बताए।पत्रकारहरु माथि अधिवक्तहरुले आक्रमण गरेपछि नेपाल पत्रकार महासंघ मधेश प्रदेश र केन्द्रीय समिति सहित नेपाल कम्युनिष्ट पार्टी निकट जनपत्रकार संगठन नेपाल मधेश प्रदेश समितिले विज्ञप्ती जारी गरि अधिवक्तहरुको हर्कतको विरोध गरेको छ ।

सम्बन्धित समाचार