सर्लाही जिल्ला अदालतले एक वर्षमा तीन हजार भन्दा बढी मुद्धा फछर्याैट गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला अदालत सर्लाहीले तीन हजार तीन सय ५८ वटा मुद्दा फछर्यौट गरेको जिल्ला अदालत सर्लाहीका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी ।
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा अघिल्लो आर्थिक वर्ष २०८०/०८१ बाट जिम्मेवारी सरेर आएका सहित छ हजार ७० वटा मुद्दा दर्ता भएकामा तीन हजार तीन सय ५८ वटा मुद्दा फछर्यौट भएको हुन ।सो अवधिका दुई हजार सात सय १२ वटा मुद्दा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि जिम्मेवारी सरेर आएका छन्।अघिल्लो आर्थिक वर्ष २०८०/०८१ बाट जिम्मेवारी सरेर आएका दुई हजार तीन सय ४४ वटा मुद्धामध्ये एक हजार पाँच सय ८८ ववटा मुद्दा फछर्यौट भएका जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले बताए ।
उनका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा नयाँ दर्ता भएका तीन हजार सात सय २६ वटा मुद्दामध्ये एक हजार सात सय ७० वटा मुद्दा फछर्यौट भएका सर्लाही जिल्ला अदालतले जनाएको छ ।कार्यालयका अननुसार जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका समेत गरेर आर्थिक वर्ष २०८१/०८२ मा ५५ दशमलव ३२ प्रतिशत मुद्दा फछर्यौट भएका छन् ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा जिम्मेवारी सरेर आएका दुई हजार सात सय १२ वटा मुद्दामध्ये एक वर्षभित्र एक हजार नौ ससय ५४,एक वर्षदेखि १८ महिनासम्मको तीन सय ७३, १८ महिना नाघेको दुई सय ३० र दुई वर्ष नाघेको मुद्दा एक सय ५५ वटा रहेका कार्यालयले जनााएको छ ।।
कार्यालयले दुई वर्षमाथिको मुद्दा शून्य पार्ने लक्ष्य रहेकोमा पक्राउ पुर्जी तामेलीमा समस्या आएर एक सय ५५ वटा मुद्दा बाँकी रहेका छन्।दरबन्दी अनुसार न्यायाधीश नहुनु र छोटो अवधिमै न्यायाधीशको सरुवा भइरहने मुख्य कारणले गर्दा ५५ दशमलव ३२ प्रतिशत मुद्दा मात्रै फछर्यौट भएका हुन ।