हरिपुर ५ र ६ का चार सय परिवारमा जीविकोपार्जनको काम प्रभावकारी बन्दै

334 Shares

सर्लाहीको हरिपुर नगरपालिका ५ र ६ का विपन्न,दलित,जनजाति तथा मुस्लिम समुदायका नागरिकहरुलाई जीविको पार्जन सम्बन्धि तालिम सञ्चालन प्रदान गरिएको छ ।बागमती सेवा समाज नेपाल हरिवन र स्लामिक रिलिफ नेपालको संयुक्त साझेदारीमा हरिपुर नगरपालिका ५ का दुई सय र हरिपुर नगरपालिका ६ का दुई सय गरि कुल चार सय परिवारलाई विभिन्न चरणमा गरि पशुपालन तथाकृषि सम्बन्धि,सीपमूलक तथा क्षमता अभिबृद्दि सम्बन्धि तालिम प्रदान गरिएको बागमती सेवा समाज हरिवन नेपालका परियोजना प्रमुख डा.राम नारायण साहले जानकारी दिए ।उनका अनुसार विभिन्न १६ वटा समूह बनाएर १४ प्रकारका जीविको पार्जनका क्षेत्रलाई जोडेर सोही व्यवसाय सम्बन्धित तालिम प्रदान गरिएको हो ।

WhatsApp Image 2025-08-16 at 11.28.42 PM.jpeg
परियोजना अन्र्तगत पाडा दुई सय ७६ जनालाई दुई वटाका दरले,बाख्रा ६३ जनालाई तीन वटाका दरले,चटपटे दुई जनालाई,किराना पसल १९ जनालाई/जुत्ता,चपल एकम जनालाई ,कस्मेटीक ११ जनालाई ,सिद्रा व्यापार एक जनालाई,आलु÷ प्याज एक जनालाई,कपडा चार जनालाई ,साना होटल तीन जनालाई,मासु पसल दुई जालाई र अण्डा पसल एक जनाका साथै खेलौना व्यवासायका लागि एक जनालाई प्रतिव्यक्ति रु ५० हजार बराबरको सामाग्री सहयोग गरिएको बागमती सेवा समाज हरिवन नेपालका कार्यक्रम संयोजक भरत कुमार कार्कीले जानकारी दिए ।उनका अनुसार जीविकोपार्जन अन्र्तगत परियोजनाले कृषिमा आधारित र गैर कृषिमा आधारित व्यवसाय तर्फ लगानी गर्ने गरेको छ ।
हरिपुर नगरपालिकाका दुई वटा वडाका चार सय जनालाई १६ वटा समुहमा विभाजन गरी उनीहरुको रोजाईको आधारमा सोही अनुसारको तालिम प्रदान गर्ने गरिएको बागमती सेवा समाज हरिवन नेपालले जनाएको छ । बागमती सेवा समाज हरिवन नेपालले विभिन्न दातृ निकायहरुसंगको साझेदारीमा मधेश प्रदेश सहित कोशी प्रदेशका विभिन्न जिल्लाहरुका विपन्न,दलित,जनजाति तथा मुस्लिम समुदायका नागरिकहरुको जीविको पार्जनका साथै स्वास्थ्य र सरसफाईका क्षेत्रमा विगत लामो समयदेखि काम गर्दे आएको छ । 

सम्बन्धित समाचार