जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी प्रमुख घोषणा भएका छन्।मधेश प्रदेशका आठ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुका प्रमुखहरु मध्य जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरे मधेश प्रदेश कै सबै ट्राफिक प्रहरी प्रमुखहरु मध्य उत्कृष्ट टहरिँदै साउन महिनाको उत्कृष्ट ट्राफिक प्रहरी प्रमुख घोषणा भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,पथलैया–बारा,मधेस प्रदेशका प्रमुख राजकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार मधेस प्रदेश भरमा कार्यरत ट्राफिक प्रहरीहरु प्रमुख एवम प्रहरी निरीक्षकहरु मध्ये उत्कृष्ट भएका प्रहरी निरीक्षक घिमिरेलाई अभिलेखमा रहने गरी नगद पुरस्कारसहित साउन महिनाको साउन महिनाको वेष्ट ट्राफिक प्रहरीको अवार्डले सम्मान गरिएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीमा कार्यरत रहि प्रहरी निरीक्षक घिमिरेले पु¥याएको योगदानको कदर स्वरूप मधेस प्रदेश भरमा कार्यरत ट्राफिक प्रहरीहरु प्रमुख एवम प्रहरी निरीक्षकहरु मध्ये उत्कृष्ट ठहरी सम्मान गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय,पथलैया–बारा,मधेस प्रदेशले जनाएको छ ।
एक वर्ष पहिला जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीको प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी निरीक्षक घिमिरेले सर्लाहीमा हुने सवारी दुर्घटना न्यूनिकरणका साथै ट्राफिक सचेतना जगाउने र असल ट्राफिक प्रहरी बनाउने कार्यमा अहोरात्र खटिएका छन् ।