इश्वरपुर ६ का वडा अध्यक्ष अन्सारी र सचिव चौधरीको मिलेमतोमा कमिसन असुलेर नागरिकता वितरण

323 Shares

सर्लाहीको इश्वरपुर नगरपालिका ६ बाट गैर नेपालीलाई नागरिकता वितरणको सिफारिस हुने गरेको रहस्य बाहिरिएको छ।इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमत रहमान अन्सारी र वडा सचिव गंगा राम चौधरीको मिलेमतोमा इश्वरपुर नगरपालिका ६ बाट गैर नेपालीलाई नेपाली नागरिकता वितरणको सिफारिस हुने गरेको रहस्य बाहिरिएको हो ।
स्रोतका अनुसार इश्वरपुर नगरपालिका ६ बाट वडा अध्यक्ष अन्सारीको हाल सम्मको कार्याकालको अवधिमा करिब दुई सय ५० जना गैर नेपाली मुस्लिम समुदायका मानिसहरुलाई नेपाली नागरिकता सिफारिस गरिएको छ।ईलाका प्रशासन कार्यालय हरिवनका तत्कालीन प्रमुख राम नरेश राम हुँदादेखि हाल सम्म गरी करिब दुई सय ५० जना गैर नेपाली मुस्लिम समुदायका मानिसहरुको नेपाली नागरिकता सिफारिस गरिएको स्थानीय स्रोतको दाबी छ ।
स्रोतका अनुसार वडाले नागरिकता सिफारिस गर्ने र स्थानीय अर्विन पाण्डेले विचौलियाको रुपमा काम गरी नागरिकता बनाइने त्यसरी बनाईएको नागरिकता वडा अध्यक्ष अन्सारीले करिब छ महिना सम्म आफ्नो नियन्त्रणमा राखेर रु पाँच हजार देखि एक लाख ५० हजार सम्म रकम लिएर सम्बन्धीत मानिसलाई दिने गरेका छन् ।
कुनै पनि सिफारिस लिन इश्वरपुर नगरपालिका ६ को वडा कार्यालय जाने सेवाग्राहीहरुलाई एक हप्तासम्म झुलाएर इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष अन्सारीको निर्देशनमा वडा सचिव चौधरीले इश्वरपुर नगरपालिका ७ स्थित आफ्नै घरमा बोलाएर रु पाँच हजार देखि एक लाख ५० हजार सम्म रकम असुल्ने गरेका स्रोतको दाबी छ ।
त्यसका साथै,व्यवासय दर्ता सिफारिसको रु चार हजार,सामान्य सिफारिस(जन्म दर्ता,विवाह दर्ता,मृत्यु दर्ता लगायत)को रु आठ सय देखि पाँच हजार,नागरिकता सिफारिसका लागि नेपालीहरुबाट रु दुई हजार देखि पाँच हजार र गैर नेपालीहरुबाट रु पाँच हजार देखि एक लाख ५० हजार सम्म वडा अध्यक्ष अन्सारीको निर्देशनमा वडा सचिव चौधरीले असुल्ने गरेका पाइएको छ ।
स्थानीय तहको दोस्रो निर्वाचनमा पनि निर्वाचित भएका वडा अध्यक्ष अन्सारी र वडा सचिव चौधरीले विगत करिब दुई वर्षदेखि यस प्रकारका गतिविधिहरु गरि रहेका छन्।इश्वरपुर नगरपालिका ६ र ७ गरी दुवै वडा हेरि रहेका वडा सचिव चौधरीको ज्यादतीको सर्व साधारण नेपाली नागरिकहरु शिकार भएका छन्।
यता,वडा अध्यक्ष अन्सारीले आफुले कुनै नागरिकता सिफारिस नगरेको दाबी गरे।उनले वडाका विपन्न नागरिकहरुको सवालमा आफुले पहल गरेको तर आफुले कसैसंग रकम लिएर गैर कानूनी काम नगरेको दाबी गरे।तर आफुले पनि काम गर्दीन पाण्डेलाई आग्रह गर्ने गरेको उनले बताए।आफुले पनि व्यापारीहरुको गुनासो सुनेको र आफुले वडा सचिव चौधरीलाई सम्झाएको र सचेत गराएको समेत वडा अध्यक्ष अन्सारीले बताए।केही महिना पहिला पनि व्यापारीहरुबाट गुनासो आएको र सो विषयमा आफुले वडा सचिव चौधरीको ध्यानाकर्षण गराएको बताए ।
सो विषयमा इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यलाई जानकारी गराउँदा वडा अध्यक्ष अन्सारी र वडा सचिव चौधरीको मिलेमतोमा इश्वरपुर भन्दा बाहिरका मानिसहरुलाई पनि नेपाली नागरिकता वितरण गरेको पाइएको बताए।आफु गतल प्रविधिको विरोधमा रहेको बताउँदै राम्रो सोचले काम नगरेको पाइएको र विस्तृत बुझ्ने काम भई रहेको समेत नगर प्रमुख आअचार्यले बताए ।साथै जिल्ला प्रशासन कार्यालय सर्लाहीले त्यस प्रकारको कुनै विवरण फेला परे आवश्यक कार्बाही गर्ने बताएको छ ।

सम्बन्धित समाचार