लालबन्दी नगरपालिकाको तत्कालन कुनै सेवा प्रवाह गर्न नसक्ने

415 Shares

“जेनजी”पुस्ताको आन्दोलनको क्रममा भदौ २४ गते आगजनी र तोडफोडबाट क्षतविक्षत बनेको लालबन्दी नगरपालिकाको कामकाज तत्काल सुरु नहुने भएको छ।लालबन्दी नगरपालिका ८ स्थित शहरी विकास तथा भवन निर्माण कार्यालयले निर्माण गरेको ज्येष्ठ नागरिक आवाश गृहबाट २०७८ सालदेखि सेवा प्रवाह गरी रहेको लालबन्दी नगरपालिका कार्यालय आगजनी र तोडफोडबाट क्षतविक्षत बनेका कारण तत्काल कुनैपनि सेवा  प्रवाह गर्न सक्ने अवस्थामा नरहेको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपानेले जानकारी दए ।
उनका अनुसार आन्दोलनकारीहरुले आगजनी गर्दा कार्यालय भवन सहित जनप्रतिनिधि चढ्ने सवारी साधन,कार्यालयका कागजात र सम्पूर्ण उपकरण ध्वस्त भएका छन्।आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण आइतबारदेखि संकलनको काम सुरु गरिएको भएपनि सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको उनले बताए ।
आन्दोलनकारीले गरेको आगजनीबाट नगर प्रमुख बासुदेव अधिकारी चढ्ने टाटाको प्राडो,उप प्रमुख कल्पनामाया पाख्रिन चढ्ने टाटासुमो र प्रमुख प्रशासकीय अधिकृत न्यौपाने चढ्ने सरकारी सवारी साधन सहित एउटा जेसिबी,एउटा स्काभेटर,एउटा टिपर र एउटा ट्याक्टर पूर्ण रुपमा क्षेती भएको लालबन्दी नगरपालिकाले जनाएको छ ।कार्यालयका अनुसार आन्दोलनकारीहरुले गरेको आगजनीका कारण नगरपालिका कार्यालय भित्रका फर्निचर,कम्प्युटर र कागजात समेत खरानी भएका छन् ।
आन्दोलनकारीहरुले गरेको तोडफोड र आगजनीले कर्मचारी बस्ने ठाउँ देखि काम गर्ने उपकरण केही पनि छैन् काम कसरी काम सुरु गर्ने नगर प्रमुख अधिकारीले बताए ।उनका अनुसार आगजनी र तोडफोडका कारण कार्यालयभित्र पस्न सक्ने अवस्था समेत छैन् ।
आन्दोलनकारीहरुले लालबन्दी नगरपालिका ५, ६, ७ र ९ को वडा कार्यालयमा पनि आगजनी र तोडफोड गरेर क्षति पु¥याएका छन्।आईतबार लालबन्दी नगरपालिका कार्यालयमा क्षतिको विवरण लिएपछि क्रमैसँग अन्यत्रको मुचुल्का उठाइने काम हुने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्र सिंह जोहारीले बताए ।उनका अनुसार आन्दोलनकारीले लालबन्दी नगरपालिका ७ स्थित रहेको करदाता सेवा कार्यालय लालबन्दीको तोडफोड गर्नुका साथै दुईवटा मोटरसाइकलसमेत आगजनी,लालबन्दी ७ स्थित रहेको पालिका हुलाक कार्यालय लालबन्दीमा तोडफोड र आगजनी गर्नुका साथै  लालबन्दी नगरपालिका ७ मा रहेको व्यावसायिक भवनमा समेत तोडफोड गरेका छन् ।पुर्व पश्चीम राजमार्ग स्थित लालबन्दी बजारमा रहेको प्रहरी विटमा राखिएको नेपाल प्रहरीको मोटरसाईकलमा आगजनी गरेका छन् भने प्रहरी विटमा तोडफोड गरेका थिए।तर,स्थानीय युवाहरुको सक्रियतामा प्रहरी विट पुन निर्माण भई सकेको छ ।

सम्बन्धित समाचार