“जेन–जी”आन्दोलनपछि बनेको अन्तरिम सरकारलाई राजनीतिक दलहरूले सहयोग गर्दै निर्वाचनमा भाग लिने शंकेत देखाएका छन् ।राजनीतिक उथलपुथलले बाहिर निस्कन नसकेका दलहरूले प्रतिनिधिसभा विघटनको विपक्षमा विज्ञप्ति जारी गरेर पनि फागुन २१ गते हुने निर्वाचनमा भाग लिने शंकेत देखाएका छन् ।अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको पहिलो निर्णय नै प्रतिनिधिसभा विघटन र फागुन २१ को निर्वाचन घोषणा रहेको थियो।त्यसपछि विभिन्न आठवटा दलहरुले प्रतिनिधिसभा विघटनलाई अस्वीकार गर्दै विज्ञप्ति जारी गरेका थिए ।
राजनीतिक निकासका लागि निर्वाचनको विकल्प नभएकाले दलहरू तोकिएकै समयमा निर्वाचन हुनुपर्छ भन्ने निष्कर्षमा पुगेका एक राजनीतिक विज्ञले बताए।उनका अनुसार दलहरुले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन्।नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड)ले भातृसंगठन सहित तल्लो तहका कार्यकर्ताहरुलाई निर्वाचनको तयारीमा लाग्न शंकेत गरे।त्यसैगरी,नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले पनि मुलुकलाई संविधान फर्काउन अविलम्व तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको बताए।
“अन्तरिम सरकारको कर्तव्य समयमा निर्वाचन गराउने भएकाले पनि शान्ति सुरक्षाको वातावरण तयार गरेर समयमा निर्वाचन गराउने छ।”संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधानको संरक्षण गर्नपनि दलहरुले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनैपर्ने नेताहरुको भनाई छ ।
विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका नेपाली कांग्रेस,नेकपा (एमाले),माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल,नेकपा(एकीकृत समाजवादी),जनमत पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपाल र नागरिक उन्मुक्ति पार्टीले सामूहिक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिई तत्काल संसद् बैठक बोलाउन माग गरेका भएपनि अनन्त दलहरु फागुन २१ गतेलाई घोषणा गरिएको आम निर्वाचनमा भाग लिन तयार भएका हुन ।
नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनता बिचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ भन्ने आफूहरूको बुझाइ रहेको नेताहरुले बताएका छन्।सधैं सडकबाट समाधान खोज्ने हो भने स्थायित्व र विकास हुन नसक्ने भन्दै मुलुकलाई संविधानतर्फ फर्काउनका लागि तोकिएकै समयमा निर्वाचन गर्न जरुरी रहेको दलहरुको ठहर छ ।