सर्लाहीको बसबरिया गाउँपालिकाको चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेत,नीति तथा कार्यक्रम अझैँ ल्याउन सकेको छैन्।चालू आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट,नीति तथा कार्यक्रम पारित गर्न बसेको गाउँसभा बैठक निष्कर्ष विहिन भएपछि बसबरिया गाउँपालिका अन्यौलमा परेको छ ।
बैठकमा बजेट बाँडफाँडका विषयमा गाउँपालिका अध्यक्ष रामसिंहासन राय र उपाध्यक्ष सरिता कुमारी पक्षबिच सहमती जुट्न नसकेपछि चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेत,नीति तथा कार्यक्रम अन्यौलमा परेको बसबरिया गाउँपालिकाले जनाएको छ। गाउँपालिका कार्यालयका अनुसार बिहीबार देखि निरन्तर छलफल चलि रहेको भएपनि चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेत,नीति तथा कार्यक्रममा सहमती जुटेको छैन् ।
बसबरिया गाउँपालिकाका अध्यक्ष राय र उपाध्यक्ष सरिता कुमारी जनता समाजवादी पार्टी(जसपा)नेपालबाट निर्वाचित भएका भएपनि जिल्लामा जसपा नेपाल भित्र दुई वटा गुट देखिएपछि बसबरिया गाउँपालिका समस्यामा परेको हो ।
मधेश प्रदेशसभा सदस्य एवम जनता समाजवादी पार्टी नेपालका नेता सञ्जय कुमार यादव र निवर्तमान मधेश प्रदेशसभा सदस्य एवम जनता समाजवादी पार्टी(जसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव पक्षबिच कविलासी सलेमपुरमा विवाद समेत भई रहेको छ ।जसको असर बसबरिया गाउँपालिकामा प्रत्यक्ष परेको स्रोतको दाबी छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष अलगअलग धारमा लागेसँगै त्यसको प्रत्यक्ष असर गाउँपालिकाको बजेटमा परेको हो ।गाउँपालिका अध्यक्ष रायले यसअघि नै गाउँसभा बैठक राखेर बजेट पारित गर्ने प्रयास गर्दा उपाध्यक्ष सरिता कुमारीले उजुरी गरेपछि उच्च अदालत जनकपुरले गाउँसभा बैठक स्थगित गर्न आदेश दिएको थियो ।
जनप्रतिनिधिहरुबिचको आन्तरिक विवादका कारण नयाँ आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा समेत बजेट पारित नहुँदा गाउँपालिकामा कार्यरत कर्मचारी,शिक्षक,स्वास्थ्यकर्मी र लाभग्राहीहरु तलब तथा भत्ता विहिन भएका छन्।भने जनप्रतिनिधिहरु बिचको आन्तरिक विवादको असर विकास निर्माणको काममा समेत परेको छ ।सर्लाहीमा नौ वटा गाउँपालिका र ११ वटा नगरपालिका गरी २० वटा पालिकाहरु रहेका छन् । जसमा बसबरिया गाउँपालिका बाहेक अरु पालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेत,नीति तथा कार्यक्रम ल्याई सकेका छन् ।