333
Shares
सर्लाहीको लालबन्दी नगरपालिकाले बुधबार नगरपालिका कार्यालय र वडा कार्यालयहरु विदा दिएको छ ।लालबन्दी नगरपालिका ३ जब्दी भैरवपुरकी दलित वडा सदस्य जयलस देवी पासवानको निधन भएपछि लालबन्दी नगरपालिकाले बुधबार शोक बिदा दिएको लालबन्दी नगरपालिका ३ का वडा अध्यक्ष वुद्धदेव चौधरीले जानकारी दिए ।
उनका अनुसार लामो समयदेखि मृगौला र उच्च रक्तचाप लगायत रोगबाट ग्रसित अन्दाजी ६० वर्षीय दलित वडा सदस्य पासवानको मंगलबार भैरवपुरस्थित आफ्नै घरमा निधन भएको थियो ।लालबन्दी नगरपालिकाका जनप्रतिनिधिहरुको निधन हुँदा पालिकाहरुले एक दिन शोक बिदा दिने गरेको छ ।लालबन्दी नगरपालिका ३ जब्दीमा गत वर्ष मात्रै अर्का वडा सदस्य जोधन ठाकुर हजामको पनि निधन भएको थियो ।