देह व्यापारका विचौलियाको ईसारामा चल्दै सर्लाही प्रहरी

297 Shares

सर्लाहीको सुरक्षा संयन्त्र देह व्यापारका विचौलियाहरुले चलाउने गरेका रहस्य बाहिरिएको छ ।पुर्व पश्चीम राजमार्गदेखि जिल्ला सदरमुकाम मलंगवा र जिल्लाका अन्य भित्रि बजारहरुमा सञ्चालित चिया तथा खाजा घरदेखि होटल एण्ड लजहरुमा हुने देह व्यापारका विचौलियाहरुले आफु अनुकुल काम गर्ने वातावरण बनाउन प्रहरी कर्मचारीहरुलाई कमिसन बाँडेर प्रहरीलाई आफ्नो इसारामा चलाउने गरेका रहस्य बाहिरिएको हो।जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएका सादा पोशाकका घुमुवा प्रहरी कर्मचारीहरुले चर्काे कमिसन असुलेर खुलेआम रुपमा देश व्यापार गर्न दिने गरेका छन् ।

कमिसन असुलेर देह व्यापार चलाउन दिने मात्र नभई प्रहरी कर्मचारीहरु नै त्यस्ता कार्यमा संग्लग्न हुने गरेका रहस्य बाहिरिएका छन् ।पूर्व पश्चीम राजमार्गको बागमती, नयाँरोड ,हरिवनदेखि लालबन्दी  हुँदै जिल्ला सदरमुकाम मलंगवा र बरहथवा तथा बयलवासमा सञ्चालित होटलमहरुबाट प्रहरी कर्मचारीहरुले चर्काे कमिसन असुल्ने र देह व्यापारका विचौलियाहरुलाई काम गर्न हसजता प्रदान गर्ने गरिएका तथ्याहरु बाहिर आएका भएपनि प्रहरी संगठनको माथिल्लो निकाय मौन देखिँदा देश व्यापारको कमिसन त्यहाँ सम्म पनि पुग्ने गरेको सहजै आशंका गर्न सकिने एक स्थानीयले बताए ।हामीलाई प्राप्त भएको एक होटल व्यावसायीको अडियो रेकर्डमा  सो कुरा प्राष्ट उल्लेख भएको छ ।

ती होटल व्यवासयीले उक्त अडियोमा देश व्यापार गर्न दिएर कमिसन असुल्ने र कमिसन नदिने  होटल व्यवसायीहरुकोमा प्रहरी गएर  मदिरा माग्ने र मागे अनुसारको मदिरा नदिए टार्गेट गर्ने गरेका प्रष्ट उल्लेख छ ।सो विषयमा जिल्ला प्रहरी कार्यालय सर्लाही सहित मधेश प्रदेश प्रहरी कार्यालयलाई समेत जानकारी गराईएको भएपनि मौन बस्नुले त्यसरी असुलीएको कमिसन त्यहाँ सम्मपनि पुग्न भन्ने सहजै आशंका गर्न सकिन्छ ।

सम्बन्धित समाचार