नौ वाम घटकबीच एकता कार्यक्रममा खनाल पनि सहभागी,तेस्रो बरियतामा सहमती

489 Shares

नेकपा(माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)सहितका नौ वाम घटकबीच बुधबार भएको पार्टी एकता घोषणा कार्यक्रममा एकीकृत समाजवादी पार्टीका नेता एवम निवर्तमान प्रधानमन्त्री झलनाथ खनालपनि पुगेका छन् ।माओवादी केन्द्रका अध्यक्ष एवम निर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को नेतृत्वमा भएको नौ वटा कम्युनिस्ट पार्टीहरूको ऐतिहासिक एकीकरण घोषणा कार्यक्रममा माओवादी केन्द्र,एकीकृत समाजवादी,नेपाल समाजवादी पार्टी,जनता समाजवादी पार्टी,माओवादी समाजवादी, समाजवादी र अन्य साना वाम दलहरू गरी नौ वटा वामपन्थी दलहरुको सहभागीतामा भएको एकता घोषणा कार्यक्रममा पुगेका खनालले नवगठित नेपाली कम्युनिस्ट पार्टीको तेस्रो वरियता पाउने भएका छन् ।
बुधबार बिहान माओवादी केन्द्रका संयोजक प्रचण्डसहित शीर्ष नेताहरूबीच छलफल भई खनाललाई तेस्रो वरियता दिनेगरी सहमति भएको नव गठित नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नी प्रसाद सापकोटाले जानकारी दिए ।उनका अनुसार प्रारम्भिक समझदारी अनुसार नयाँ पार्टीको नाम “नेपाली कम्युनिस्ट पार्टी”रहने र पाँच कुने तारा चुनाव चिन्ह आधिकारिक चिन्हका रूपमा प्रस्ताव गरिएको छ।
काठमाडौँको भृकुटीमण्डपमा एकता घोषणा सभामा बाम एकीकरणले नेपालमा विभाजित वाम शक्तिहरूलाई एकत्रित गर्ने नयाँ प्रयास रहेको नेताहरुले बताएका छन् ।उपस्थित नेताहरूले “वाम एकता अब नारामा होइन,व्यवहारमा”भन्ने प्रतिबद्धता जनाएका छन् ।जसमा खनालले अब कहिलै नफुट्ने गरी कसम खानुपर्ने बताए ।“अब देश बनाउनेहरूलाई एकत्रित गर्ने यही तारा हो। यो स्टेशनमा छुटेकाहरू अर्को स्टेशनमा चढ्नु होला”रेलको नाम जे सुकै दिऊ,नाम मन नपरे फेरि पनि फेर्न सकिन्छ तर गन्तव्यमा पुगिन्छ कि पुगिँदैन भन्ने नै मुख्य कुरा हो।”नव गठित नेपाली कम्युनिष्ट पार्टीका नेता प्रचण्डले बताए ।
कार्यक्रममा सहभागी अन्य वाम नेताहरूले पनि राष्ट्रिय एकता,सामाजिक न्याय र आर्थिक रूपान्तरणको एजेन्डा अघि बढाउने प्रतिबद्धता जनाएका छन्। पार्टीको मार्गदर्शक सिद्धान्त भने माक्र्सवाद, लेलिनवाद हुने सहमती छ। यो एकीकरण सफल भएमा वाम मतहरू पुनः एक केन्द्रमा आकर्षित हुने र आगामी निर्वाचनमा नयाँ शक्ति सन्तुलन सिर्जना हुने राजनीतिक विश्लेषकहरूको अनुमान छ।

सम्बन्धित समाचार