सिन्धुलीमा अटोले ठक्कर दिँदा श्रेष्ठ घाईते

378 Shares

मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारमा अटोले ठक्कर दिँदा एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्।मदन भण्डारी राजमार्ग स्थित सिन्धुलीको कमलामाई नगरपालिका ६ धुराबजारमा बा.प्र. ०७–००१ ह ००३७ नम्बरको अटोले ठक्कर दिँदा स्थानीय पैदलयात्री अन्दाजी वर्ष ४५ की भोजमाया श्रेष्ठलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।अटोको ठक्करबाट घाईते भएकी श्रेष्ठलाई सिन्धुली अस्पताल सिन्धुलीमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।दुर्घटनामा संग्लग्न अटो र त्यसका चालक मरिण गाउँपालिका ७ का अन्दाजी वर्ष ४० वर्षीय चालक भोजबहादुर बैजुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार