जिल्ला हुलाक कार्यालय सिन्धुली चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा करिब साँढे दुई लाख राजश्व संकलन गरेको छ।चालु आर्थिक वर्षको साउन,भदौ र असोजमा जिल्ला हुलाक कार्यालय सहित पालिका हुलाक कार्यालयहरु,अत्तिरिक्त हुलाक कार्यालयहरुका साथै हुलाक काउण्टरहरु गरी मातहतका ४३ वटा कार्यालयहरुबाट पिट्स सेवा,हुलाक टिकट बिक्री र अन्य हुलाक सम्बन्धी सेवाहरु प्रवाह गर्दा रु दुई लाख २९ हजार एक सय ९३ राजश्व संकलन भएको जिल्ला हुलाक कार्यालय सिन्धुलीका सूचना अधिकारी दुर्गा प्रसाद पहाडीले जानकारी दिए।उनका अनुसार जिल्ला हुलाक कार्यालय सहित आठ वटा पालिका हुलाक कार्यालय,३३ वटा अतिरित्त हुलाक कार्यालयहरु र एउटा हुलाक काउण्टर गरी ४३ वटा कार्यालयहरुबाट सेवा प्रवाह गर्दा तीन महिनामा उत्त राजश्व संकलन भएको हो ।
३३ वटा अतिरित्त हुलाक कार्यालय,आठ वटा पालिका हुलाक कार्यालयहरुका साथै हुलाक काउण्टरमा १३ जना हुलाक प्रतिनिधि,१८ जना पत्र वितरक र २६ जना डाँक बाहक गरी ५७ जना अतिरित्त हुलाक कर्मचारीहरु रहेको सिन्धुलीका हुलाक कार्यालयहरुबाट हुलाक टिकट बिक्री,मेल,पार्सल र डाँक सेवा,पत्र पत्रिकाहरुको हुलाक दर्ता तथा नवीकरण,लोक कल्याणकारी विज्ञापनको भुक्तानी,एफ.एम तथा रेडियो र टि.भीहरुको इजाजत पत्र र लाईसेन्स नवीकरणका साथै सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन र प्रतिवेदन लगायतका काम गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत कुमार थापाले बताए।उनका अनुसार पछिल्लो समयमा हुलाक कार्यालयले राष्ट्रिय परिचय पत्रको निःशुल्क अनलाईन दर्ता गर्ने काम समेत गरी रहेको छ ।
देशभर मै पहिलो डिजिटल सेवा सुरु गरेर चालु आर्थिक वर्षको तीन महिनामा एक हजार छ सय ६५ जनाको राष्ट्रिय परिचय पत्रको निःशुल्क अनलाईन दर्ता गर्ने काम गरेको जिल्ला हुलाक कार्यालय सिन्धुलीले जनाएको छ।कार्यालयका अनुसार कुनैपनि दातृ निकायबाट कुनै किसिमको सहयोग नपाएको जिल्ला हुलाक कार्यालय सिन्धुलीले तीन वटा पालिका हुलाक कार्यालयहरु सहित एउटा हुलाक काउण्टर र जिल्ला हुलाक कार्यालयबाट हाल राष्ट्रिय परिचय पत्रको निःशुल्क अनलाईन दर्ता गर्ने काम भई रहेको छ।बाँकी रहेका पाँच वटा पालिका हुलाक कार्यालयहरुबाट पनि स्मार्ट पोष्टल सर्भिस चालु आर्थिक वर्ष भित्रैमा सञ्चालन ल्याउने गरी काम भई रहेको जिल्ला हुलाक कार्यालय सिन्धुलीका प्रमुख एवम हुलाक अधिकृत थापाले बताए।