कौडेना १ सुखचैनाको देवधारी विद्यालयको भवन उद्घाटन

194 Shares

सर्लाहीको कौडेना गाउँपालिका १ सुन्दरपुर बजार सुखचैना स्थित रहेको देवधारी माध्यमिक विद्यालयको आठ कोठे भवनको उद्घाटन गरिएको छ ।नवनिर्मित विद्यालय भवनको मधेश प्रदेशसभा सदस्य एवम प्रदेश सरकारका निवर्तमान श्रम तथा यातायात मन्त्री कौशल किशोर रायको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको कौडेना गाउँपालिका अध्यक्ष रुपेश कुमार राय यादवले जानकारी दिए ।
उनका अनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोज राउतको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द,सहायक प्रमुख जिल्ला अधिकारी शिवहरि पोखरेल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद दास लगायतको आतिथ्यता रहेको थियो ।
संघीय सरकारको रु ३५ लाख र गाउँपालिकाको रु ३७ लाख गरी रु ७२ लाख लागतमा विद्यालय भवन निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राउतले बताए ।उनका अनुसार विद्यालयको सुविधा सम्पन्न आठ कोठे भवन निर्माण भएसँगै विद्यार्थीलाई सजिलोसँग बसाएर पठनपाठन गर्न सहज भएको छ । 

सम्बन्धित समाचार