Close This

नगरको विकासमा साथ दिन नगरबासी समक्ष नगर प्रमुख खड्काको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-१८ गते   २९८ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले सडक अधिग्रहण खाली गर्नेकाम सुरु गरेपछि लालबन्दीमा सञ्चालनमा रहेका मयुरी तथा अटोहरुले आपती जनाएका छन । नगरपालिकाले सडकको दायाँ बाँया अव्यवस्थीत रुपमा पार्किङ्ग गरि राखिएका मयुरी तथा अटोहरुले आपती जनाएका हुन ।
उनिहरुलाई नगरपालिकाले वार्षिक रु ३० लाख खर्च गरेर व्यावस्थित पार्किङ्ग बनाई दिएको भएपनि मयुरी तथा अटोहरुले अटेर गरेको भन्दै नगरपालिकाले पार्किङ्ग निषेध तथा नो पार्किङ्ग लेखिएको बोर्डहरु राखेपछि उनिहरुले पार्किङ्ग गर्न पाउनु पर्ने माग गर्दै आपति जनाएका हुन । आफुहरुले अहिले पार्किङ्ग गर्दै आएको स्थानमा पार्किङ्ग गर्न पाउनु पर्ने,भित्र तोकिएको पार्किङ्गमा आफुहरु नजाने लगायतका मागहरु रहेका लालबन्दी नगरपालिका लालबन्दी नगरपालिका १० का अटो चालक छविलाल मगरले बताउनु भयो । आफुहरुलाई अरु ठुला मालबाहक तथा यात्रु बाहकको जस्तो व्यावहार गरेको भन्दै त्यो व्यावहार आफुहरुलाई मान्य नहुने गौसला नगरपालिका २ का अविनाश कुमार खड्काले बताउनु भयो ।
लालबन्दी नगरबाट करिब २ सय भन्दा बढी मयुरी तथा अटो सञ्चालनमा रहेका र प्रति मयुरी तथा अटोबाट आफुहरुले नगरपालिकालाई मासिक रु ४ सय ५० का दरले रकम बुझाउने गरेको भएपनि नगरपालिकाले आफुहरुको पेटमा लात हानेको लालबन्दी नगरपालिका ७ का अटो चालक शशि थापा मगरले गुनासो गर्नु भयो । नगरले तोकि दिएको पार्किङ्ग स्थल आफुहरुका लागि उपयुक्त नभएका कारण आफुहरु सो स्थानमा पार्किङ्ग नगर्ने लालबन्दी नगरपालिका ५ का अटो चालक गणेश महत्तोले बताउनु भयो । 
भने मयुरी अटो चालकहरुको रोजीरोटीमा आफुले लात नहानेको बरु नगरको काम तथा गतिविधिमा मयुरी अटो चालकहरुका साथै नगरबासीले असहयोग गरेको लालबन्दी नगरपालीकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनु भयो । आफुले हात हल्लाएर हिड्न पाउने तर आफ्नो हात हल्लाएको भन्दै अर्काेको नाक भत्काउन नपाउने भन्दै अधिकारको कुरा गर्दा कर्तव्य विर्सन नहुने नगर प्रमुख खड्काले बताउनु भयो । नगरपालीकाको कार्यालयमा पुगेका मयुरी तथा अटो चालकहरुसंगको छलफलमा नगरप्रमुख खड्काले मयुरी अटोहरुको छाता संगठन बनाउन,तोकिएको स्थानमा पार्किङ्ग गर्न र रुट निर्धारण गरेर मात्र नगरपालिकामा छलफलमा आउन आग्रह गर्नुभएको हो । नगरपालिका राम्रो बनाउन नगर प्रमुखको मात्र जिम्मा नभएको भन्दै सबैको साथ सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech