मधेश प्रदेशमा बनेको नयाँ सत्तासमीकरण अन्य प्रदेशमा पनि देखिन सक्ने नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।शनिबार जनकपुरमा आयोजित नेपाली कम्युनिष्ट पार्टी मधेश प्रदेशस्तरीय एकता सन्देश सभामा कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम निवर्तमान प्रधानमन्त्री प्रचण्डले मधेश प्रदेश सरकार गठनका क्रममा तथाकथित समीकरण तोडिएर नयाँ समीकरण बनेको भन्दै मधेशबाट शुरु भएको नयाँ समीकरण अब सबै प्रदेशमा देखिने दाबी गरेका हुन ।
उनले मुलुकमा गणतन्त्र स्थापित भएपछि पनि जनताको जीवनस्तरमा परिवर्तन नआएकाले जेनजी आन्दोलनले सबैलाई आत्मसमीक्षा गर्दै शुद्धीकरणका लागि नयाँ अवसर दिएको समेत बताए।जनेजी आन्दोलनपछि नयाँ ढंगले रुपान्तरणका साथै मुलुकको विकासमा लाग्न बृहत एकता गरिएको भन्दै सबै कम्युनिष्ट घटकहरु, वामपन्थी र क्रान्तिकारीहरु एक ठाउँमा हुनु पर्ने समेत बताए ।
सबै जनताको एकताले मात्रै प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्दै मुलुकलाई अघि बढाउन सकिने र यसको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने उनले दाबी गरे ।मधेश प्रदेशका महत्वपूर्ण विकास आयोजनाहरु कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले शुरु गरेकाले त्यसलाई निष्कर्षमा पु¥याउने काम पनि कम्युनिष्ट सरकारले नै गर्ने उनले जिकिर समेत गरे ।
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक एवाम निवर्तमान प्रधानमन्त्री माधव कुमार नेपालले जेनजी पुस्ताले पनि नेपाली कम्युनिष्ट पार्टीमाथि विश्वास गरेको दाबी गरे।एसिड पीडित मुस्कान खातुन जस्ता युवा नेपाली कम्युनिष्ट पार्टीमा आएको र अझै थुप्रै जेनजी पुस्ताका नेताहरू पार्टीमा जोडिएको नेपालले बताए ।देशभर जेनजी युवाको आकर्षण नेपाली कम्युनिष्ट पार्टीप्रति बढेको दाबी गर्दै नेपाली जनताको अधिकार पूरा गराउन नेपाली कम्युनिष्ट पार्टी अगाडि बढिसकेको बताए। सह संयोजक नेपालले जेनजी पुस्ताको माग जायज भएको र ती मागहरू पूरा गराउन नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको बताए ।