हरिपुर गोल्डकपको तेस्रो खेलमा टिएफसी धनुषा विजयी

232 Shares

सर्लाहीको हरिपुर नगरपालिकामा प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता २०८२ को तेस्रो खेलमा टिएसपी फुटबल क्लब धनुषाले जीत निकालेको छ ।हरिपुर नगरपालिका २ सानो जगतपुरस्थित खेल मैदानमा भएको खेलमा टिएसपी फुटबल क्लब धनुषाले हरिपुर यूवा समूह माथि ६  ० गोल अन्तरले जीत निकालेको आयोजक क्लबका अध्यक्ष अमृत घिसिङले जानकारी दिए।उनका अनुसार प्रतियोगितामा बुधबार वीरगन्ज युनाइटेड पर्सा र कटारी टाइगर फुटबल क्लब उदयपुरले प्रतिस्पर्धा गर्ने छन्। मोफसलका दुई चर्चित क्लबबिच बुधबार प्रतियोगिता कै रोमान्चक र प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ को आर्थिक सहयोगमा नव संघर्षशील यूवा क्लबले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता रहेको छ। प्रतियोगिताको बिजेतालाई ट्रफी सहित रु एक लाख ५० हजार र उपबिजेतालाई रु ७५ हजार प्रदान गरिने आयोजक हरिपुरका नगर प्रमुख गोपाल पञ्जियारले बताए ।उनका अनुसार पुस १ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालन गर्न हरिपुर नगरपालिकाले रु चार लाख र हरिपुर २ ले रु पाँच लाख गरी कुल रु नौ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै प्रत्येक दिनको खेलका म्याद अफ द म्याचलाई रु एक हजार पाँच सय,प्रतियोगिता भरमा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही रु पाँच हजार र प्रतियोगिता कै सर्वोत्कृष्ट एक खेलाडीलाई नगद रु आठ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।पछिल्लो समय स्थानीयस्तर मै खेलाडी उत्पादन तथा प्रोत्साहन गर्न भन्दै स्थानीय तहहरुले विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएका छन्।

सम्बन्धित समाचार