सर्लाहीको लालबन्दी नगरपालिका ६ स्थित नगर ब्याडमिन्टन कभर्ड हलमा आईतबार सम्पन्न प्रतियोगितामा इश्वरपुरका कौशल किशोर सिंह र श्रवण उप्रेतीको समूह दोस्रो हुँदा ईश्वरपुरका अर्जुन गोले र अजय लामा तथा बगमतीका जय गोले र अर्जुन पन्तको समूह तेस्रो भएका छन् ।
त्यसैगरी ५० वर्षमाथि (भेट्रान) तर्फको ब्याडमिन्टन प्रतियोगितामा बरहथवाका गौरव गुरुङ र चेतबहादुर ठकुरीको जोडी पहिलो तथा बरहथवाकै विनोद गुरुङ र युवराज लामाको जोडी दोस्रो भएका आयोजक सर्लाही जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।
आयोजकका अनुसार ईश्वरपुरका तुलसी नारायण श्रेष्ठ र मोहन चौधरी तथा मलंगवाका सन्जय चौधरी र सन्जय गुप्ताको जोडी तेस्रो भएका छन्।प्रतियोगितामा पहिलो,दोस्रो तथा तेस्रो हुने समूहलाई नगद तथा शिल्ड प्रदान गरिएको खेलका निर्णायक लालबाबु चौधरीले जानकारी दिए ।

यता,सर्लाहीको पर्सा गाउँपालिकामा आईतबार सम्पन्न अध्यक्ष कप क्रिकेट टुर्नामेन्टको उपाधि पर्सा गाउँपालिका ४ जिंगडवाले जितेको छ।पर्सा गाउँपालिका ३ नारायणपुर क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा नारायणपुरलाई नै ३३ रनले पराजित गर्दै जिंगडवाले उपाधि हात पारेको हो।बिजेता पर्सा गाउँपालिका ४ ले उपाधिसहित नगद रु २५ हजार हात पारेको छ । उपबिजेता नारायणपुरले भने रु १५ हजार प्राप्त गरेको आयोजकले जनाएको छ ।
पर्सा गाउँपालिकाभित्रका छ वटै वडाको सहभागीतामा मंसिर २९ गतेबाट सुरु भएको प्रतियोगितामाको बिजेता,उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय यादव, उपाध्यक्ष नुतन देवी र प्रमुख प्रशासकीय अधिकृत मदन थिङलगायतले पुरस्कार वितरण गरेका छन् ।