ईश्वरपुरका ६ वडाका भूमिहिन दलित,अपाङ्ग र एकल महिलालाई कम्बल वितरण

224 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिकाका विभिन्न वडामा लायन्स क्लब मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड र लायन्स क्लब अफ लालबन्दीले कम्बल वितरण गरेका छन् । दुई वटा क्लबले समन्वय गरी ईश्वरपुर नगरपालिकाका विभिन्न वडाको आर्थिक सहयोगमा माघ २ र ३ गते भूमिहिन दलित,अपाङ्ग र एकल महिलालाई कम्बल वितरण गरिएको लालबन्दी नगरपालिका ६ स्थित रहेको लालबन्दी मोडेल अस्पताल प्रा.लिका सञ्चालक एवक लायन्स क्लब मधेश ईश्वरपुर हेल्पिङ ह्यान्डका चार्टर प्रेसिडेण्ड डा.आलोक कुमार कुशवाहाले जानकारी दिए ।
उनका अनुसार इश्वरपुर नगरपालिकाका ५,६,७,८,१३ र १४ वडा भूमिहिन दलित,अपाङ्ग र एकल महिलालाई कम्बल वितरण गरिएको हो ।कम्बल वितरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अडिनेटर राजकुमार न्यौपाने र लायन्स क्लब अफ लालबन्दीका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार