सर्लाहीका ४ क्षेत्रका लागि १३३ जनाको उम्मेदवारी दर्ता

299 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीका चार वटै निर्वाचन क्षेत्रमा शान्तीपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको छ।जम्मा चार वटा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको सर्लाहीको क्षेत्र नम्बर १ मा २९ जना,क्षेत्र नम्बर २ मा ३१ जना, क्षेत्र नम्बर ३ मा ३४ जना र क्षेत्र नम्बर ४ मा ३९ जना गरी कुल एक सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार साँझ ५ बजे सम्म उम्मेदवारी दर्ता गराउने समय निर्धारण गरिएकामा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट शम्भुलाल श्रेष्ठ,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट प्रमोद साह,नेकपा(एमाले)बाट मनोज कुमार देवकोटा,,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नितिमा कार्की(भण्डारी),प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)बाट लुमडी धिमाल(लोचन),जनमत पार्टीबाट श्रीन्जय महत्तो,मंगोल नेशनल अर्गनाईजेसन पार्टीबाट अमृत लाल बोम्जन,नेपाल जनता पार्टीबाट इन्द्रजीत साह तेली,उज्यालो नेपाल पार्टीबाट छत्र बहादुर डुम्जन,नेपाल जनता संरक्षण पार्टीबाट जितेन्द्र प्रसाद साह रौनियार,राष्ट्रिय मुक्ती आन्दोलन नेपालबाट टेक बहादुर श्रेष्ठ,राष्ट्र निर्माण दलबाट तैयव मन्सुर,आम जनता पार्टीबाट मो.अस्फाक,नेपाल मजदुर किसान पार्टीबाट रमाकान्त  कापर,बहुजन एकता पार्टी नेपालबाट राजा राम पासवान,राष्ट्रिय मुक्ती पार्टीबाट विकाश कुमार ठाकुर,श्रम संस्कृति पार्टीबाट सुमन हरी अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सूर्य नारायाण राय यादव गरी १९ जनाले विभिन्न पार्टीबाट तथा अरुण कुमार महत्तो सुडी,गम्भीर हरी अधिकारी,भरत चौधरी,भरत कुमार थापा,माधो पासवान दुसाध,मोहन पासवान,राम कलास,राम दुलार महत्तो,राम परिक्षण चौधरी र रेतव कुमार अधिकारी गरी १० जनाले स्वतन्त्र तर्फबाट गरी कुल २९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ सर्लाहीले जनाएको छ ।
साथै,क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका डा.सरोज कुमार राय यादव,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का महेन्द्र राय यादव,नेकपा(एमाले)बाट नेगेश्वर साह,जनता समाजवादी पार्टी(जसपा) नेपालबाट भरत चौधरी,नेपाल संघिय समाजवादी पार्टीबाट रजी अहमद,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट रविन महत्तो,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट राज किशोर राय यादव,राष्ट्रिय मुक्ती पार्टीबाट राजेन्द्र महतो,प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)बाट राम नरेश राय,जनमत पार्टीबाट विपीन कापर,गतिशील लोकतान्त्रीक पार्टीबाट उमेश कुमार सिंह,नेपालका लागि नेपाली पार्टीबाट कृष्ण यादव,आम जनता पार्टीबाट चन्द्र भुषण साह र युनाईटेड  नेपाल डोमोक्र्याटीक पार्टीबाट चन्देश्वर साह गरी १४ जना विभिन्न पार्टीबाट र   अब्दुल कुदुम मन्सुरी,कञ्चन चौधरी,गुन्जेश्वर प्रसाद साह,तेज नारायण मुसहर,दिपेश कुमार यादव,नागेन्द्र चौधरी,मनोज कुमार यादव,राम अधिन राय यादव,राम केवल राय,मनोज कुमार यादव,राम नाथ साह,राम नारायण राय,मनोज कुमार राय,राम बाबु राय,विकाउ राय,विरेन्द्र कुमार लोहान र सत्य नारायण चौत्ररी कलवार गरी १७ जनाले स्वतन्त्र तर्फबाट गरी कुल ३१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर २ सर्लाहीले जनाएको छ ।
त्यसैगरी,क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विनोद कुमार खनाल,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नारायण काजी श्रेष्ठ,नेकपा(एमाले)का हरि प्रसाद उप्रेती,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट नरेन्द्र साह कलवार,उज्यालो नेपाल पार्टीबाट त्रिभुवन कुमार सिंह,जनमत पार्टीबाट सुनिल प्रसाद गुप्ता, प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)बाट सविउल शेष,बहुजन एकता पार्टी नेपालबाट शिव दयाल महरा,प्रजातान्त्रीक पार्टीबाट राम बहादुर महत्तो कोईरी,नेपाल मजदुर किसान पार्टीबाट रमा कोईराला,राष्ट्रिय मुक्ती पार्टीबाट महेश राज दाहाल,नेकपा(माओवादी)बाट पवन कुमार महत्तो,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट ढोलराज बारकोटी र जनता मासजावदी पार्टी(जसपा)बाट जय प्रकाश राय गरी १५ जना विभिन्न पार्टीबाट तथा अनिल कुमार यादव,उमेश कुमार राय,कृष्ण कुमार साह,कृष्ण नन्दन राय,चन्दन राजवंशी,जयलाल सहनी,डम्बर बहादुर खड्का,तजविज भण्डारी,प्रमोद कुमार साह,प्रमोद भट्टराई,बैजु साह,मुकेश कुमार राय,युवराज पाख्रिन,युवराज लुईटेल,रामचन्द्र चमार,रामपृत महरा,लक्ष्मी कुमारी अधिकारी,लोक बहादुर दर्लामी मगर र सन्दिप थापा गरी १९ जना स्वतन्त्र गरी ३४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ३ सर्लाहीले जनाएको छ ।
यता,सर्लाही क्षेत्र नम्बर ४ मा नेकपा(एमाले)बाट अमनिश कुमार यादव, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट डा.अमरेश कुमार सिंह,राष्ट्रिय मुत्ती पार्टीबाट उदय कान्त मिश्र,नेपाली कांग्रेसबाट गगन कुमार थापा,उज्यालो नेपाल पार्टीबाट पीताम्बर सिंह कुशवाहा,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदीप कुमार झा,नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बाट डा.रजनिश यादव,जनमत पार्टीबाट राकेश कुमार मिश्र,प्रगतिशील लोकतान्त्रीक पार्टी(प्रलोपा)बाट राम चरित्र सहनी,नेपाल कम्युनिष्ट पार्टी(संयुत्त)बाट रामनाथ प्रसाद साह,जनता समाजवादी पार्टी(जसपा)नेपालबाट रामेश्वर राय यादव,आम जनता पार्टीबाट रिंकी कुमारी साह,बहुजन एकता पार्टी नेपालबाट हरिनन्दन कुमार रंजन लगायत अजय ओझा,अमित रंजन सिंह,अम्बुज प्रसाद सिंह,अरविन्द कुमार साह,गणेश प्रसाद सिंह,कमलेश मण्डल,चुनचुन भण्डारी,छोटेलाल कुमार यादव,जय शंकर सिंह कुशवाहा, धिरज ठाकुर,नरेन्द्र प्रसाद मिश्र,निलम कुमार यादव,मधुमाला कुमारी यादव,महेश प्रसाद यादव,महेश मण्डल धानुक,मुकेश प्रसाद कुशवाहा,रमण मिश्र,राम प्रवेश यादव,लखेन्द्र महत्तो,विक्रम यादव,शिव प्रसाद साह,शुलपानी झा,संजिव कुमार पासवान,सन्तोष कुमार निषाद,सचित्र सहनी,ज्ञानेन्द्र प्रसाद कुशवाहा गरी २६ जनाले स्वतन्त्र र १३ जनाले विभिन्न पार्टीबाट गरी कुल ३९ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४ सर्लाहीले जनाएको छ ।सर्लाहीका चार वटा निर्वाचन क्षेत्रबाट एक सय २७ जना पुरुष र छ जना महिला गरी कुल एक सय ३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सम्बन्धित समाचार