सर्लाही ४ मा रोचक भिडन्त,कांग्रेस सभापति थापा र रास्वपाका नेता डा.सिह आम्ने साम्ने

209 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको क्षेत्र नम्बर ४ मा ३८ जना उम्मेदवार छन्।पूर्व मन्त्री एवम नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र पूर्व सांसद डा.अमरेश कुमार सिंह एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेपछि अहिले सुरक्षा व्यावस्थापनका साथै राष्ट्रिय ध्यान सर्लाही क्षेत्र नम्बर ४ ले खिचेको छ ।
रोचक त यो छ कि डा.सिंहले यहाँबाट कहिले नेपाली कांग्रेस त कहिले स्वतन्त्र बन्दै दुई पटक चुनाव जितेका छन् भने यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उनी उम्मेदवार बन्दा नेपाली कांग्रेसमा विशेष महाधिवेशन गरेर सभापति बनेका थापा पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन् । डा.सिंह कुनैपनि हालतमा चुनाव जितेरै छाड्ने अडानमा छन् भने नेपाली कांग्रेस कुनैपनि हालतमा डा.सिंहलाई चुनावमा हराउने र आफ्ना सभापति थापालाई कुनैपनि हालतमा चुनाव जिताउने तयारीमा भिडेका कारण सबैको ध्यान सर्लाही ४ मा परेको छ ।
२०७० मा नेपाली कांग्रेसबाट उम्मेदवार बनी १७ हजार चार सय र नेपाली कांग्रेसले टिकट नदिएपछि २०७९ मा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिइ २० हजार १७ मत ल्याई विजयी भएका डा.सिंहलाई यस पटक निकै भारी पर्ने स्रोतको दाबी छ ।निर्वाचनको समयमा टिकट नपाएपछि अर्काे पार्टी रोजेर उम्मेदवारी ल्याउने काममा मधेस केन्द्रित दल र मधेशी नेताहरु लागि रहेको क्रममा डा.सिंहले पनि सोही हर्कत गरेका हुन् ।
यता,नेपाली कांग्रेसलाई रुपान्तरण गर्दै विशेष महाधिवेशन गरेर सभापति भएका थापाले अन्यन्त्रबाट चुनाव जित्ने सम्भावना नदेखेपछि सर्लाही क्षेत्र नम्बर ४ लाई रोजेका राजनीतिक विष्लेषकहरुको भनाई छ।तथापी पनि उनी नेपाली कांग्रेसबाटै उम्मेदवार बनेका हुन।बरहथवा, गोडैता,बलरा,धनकौल,बसबरिया,रामनगर र विष्णु गाउँपालिकाका गरी कुल ५१ वटा वडा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा ८१ वटा मतदास्थल र एक सय ५४ वटा मतदान केन्द्र छन्।६८ हजार तीन सय सात जना पुरुष र ५२ हजार सात सय चार जना महिला तथा एक जना अन्य गरी सर्लाही क्षेत्र नम्बर ४ मा कुल एक लाख २१ हजार १२ जना मतदाता रहेका छन् ।
कुन वडामा कति मतदाता छन् ? 
बरहथवा नगरपालिका
वडा नम्बर १ : ३४४७
वडा नम्बर २ : २८९५
वडा नम्बर ३ : ३३९३
वडा नम्बर ४ : ११७८
वडा नम्बर १३ : २३३२
वडा नम्बर १४ : २२०२
वडा नम्बर १५ : २४०५
गोडैता नगरपालिका
वडा नम्बर १ : १२५२
वडा नम्बर २ : ३६२६
वडा नम्बर ३ : २८३४
वडा नम्बर ४ : १८५५
वडा नम्बर ५  ः ३४१४
वडा नम्बर ६ : २०९५
वडा नम्बर ७ : २१५१
वडा नम्बर ८ : २२८१
वडा नम्बर ९ : २०७०
वडा नम्बर १० : ३०१२
वडा नम्बर ११ : ३४७६
वडा नम्बर १२ : २५२३
धनकौल गाउँपालिका
वडा नम्बर १ : २९२३
वडा नम्बर २  : २३१६
वडा नम्बर ३ : १८५३
वडा नम्बर ४ : २१५१
वडा नम्बर ५ : १७०८
वडा नम्बर ६ : १४९६
वडा नम्बर ७ : २२५६
बलरा नगरपालिका 
वडा नम्बर १ : २०२८
वडा नम्बर २ : २५६८
वडा नम्बर ३ : १८६१
वडा नम्बर ४ : २४४१
वडा नम्बर ५ : २३४०
वडा नम्बर ६ : २४३१
वडा नम्बर ७ : २८५८
वडा नम्बर ८ : २५२२
वडा नम्बर ९ : २३०३
वडा नम्बर १० : २८२०
वडा नम्बर ११ : १९८५
बसबरिया गाउँपालिका
वडा नम्बर १ : २९१९
वडा नम्बर २ : २४४९
वडा नम्बर ३ : २४०५
रामनगर गाउँपालिका
वडा नम्बर १ : ४०१०
वडा नम्बर २ : २७८२
वडा नम्बर ३ : १५९३
वडा नम्बर ४ : २६३८
वडा नम्बर ५ : १४९२
वडा नम्बर ६ : २६४१
वडा नम्बर ७ : १९५६
विष्णु गाउँपालिका
वडा नम्बर १ : १६२०
वडा नम्बर २ : १५३८
वडा नम्बर ३ : २०८६ 
वडा नम्बर ४ : १५८२ गरी कुल ५१ वटामा एक लाख ३४ हजार चार सय १२ जना मतदाता रहेका छन् ।

सम्बन्धित समाचार