करिब ३८ ग्राम खैरो हिरोइन सहित २ जना भिमानबाट नियन्त्रणमा

149 Shares

वि.पी.राजमार्ग अन्र्तगत सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानबाट लागु औषध खैरो हिरोइन सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।वि.पी.राजमार्ग अन्र्तगत कमलामाई नगरपालिका ९ भिमानमा नियमति सवारी चेकजाँचको क्रममा ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी टोलीले दुई वटा सवारी साधनबाट करिब ३८ ग्राम खैरो हिरोइन सहित मोरङको सुन्दर हरैचा नगरपालिका–५ बस्ने अन्दाजी वर्ष ३४ का करण चौधरी र खोटाङको खोटेहाङ गाउँपालिका –१ घरभई हाल काठमाण्डौँको नार्गजुन नगरपालका– ४ बस्ने अन्दाजी वर्ष २० का रोहन खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कार्यालयका अनुसार झापाबाट काठमाण्डौँ तर्फ जाँदै गरेको बा ४ ख ३४९४ नम्बरको हायसबाट विशेष सूचनाको आधारमा ३३ दशमलव ४१० ग्राम खैरो हिरोइन सहित चौधरीलाई र विराटनगरबाट काठमाण्डौँ तर्फ जाँदै गरेको प्र–१–०२–००१ ज ४४१८ नम्बरको इभीबाट चार दशमलव ५८० ग्राम खैरो हिरोइन सहित खत्रीलाई नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको ३७ दशमलव ९९ ग्राम खैरो हिरोइन सहित चौधरी र खत्रीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुवेदीले जानकारी दिए ।
वि.पी.राजमार्गका साथै मदन भण्डारी राजमार्ग सञ्चालनमा आएपछि पूर्वी नेपाल तथा तराईका जिल्लाहरुबाट काठमाण्डौँ भित्रने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्नुका साथै लागु औषध र उक्त लागु औधष ओसार पसारमा संग्लग्नहरुलाई ईलाका प्रहरी कार्यालय भिमान सहित लागु औषध व्युरो बर्दिवासको टोलीले धमाधम नियन्त्रणमा लिई रहेको ईलाका प्रहरी कार्यालय भिमानका प्रमुख एवम प्रहरी निरीक्षक राजु के.सीले बताए ।

सम्बन्धित समाचार