४ लाखको कपडा सशस्त्रको नियन्त्रणमा,तस्करको आक्रमणबाट सशस्त्र प्रहरी हबल्दार वाग्ले घाईते

245 Shares

सर्लाहीको त्रिभुवननगर–फुलजोर सडक खण्डको ब्रम्हपुरी गाउँपालिका–४ बाट ठूलो मात्रामा भन्सार छलीको कपडा सहित एउटा भारतिय नम्बरको मोटरसाईकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाबाट गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी टोलीले विभिन्न किसिमका कपडाहरुका साथै बिआर ०६ बिबि ०४७६ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट(बिओपी) त्रिभुवननगरका बिओपी पति एवम सशस्त्र प्रहरी निरीक्षक नारायण अधिकारी बिदामा बसेको मौका छोपी तस्करहरुले छिमेकी देश भारतबाट लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा करिब रु चार लाख बराबरको विभिन्न किसिमका कपडा नियन्त्रणमा लिईएको हो ।

WhatsApp Image 2026-05-18 at 9.58.27 PM.jpeg
यता,सर्लाहीको बलरा नगरपालिका ३ स्थित नेपाल भारत सीमा नाकामा डिउटीमा रहेका सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट(बिओपी)छतौनाका सशस्त्र प्रहरी हबल्दार चन्द्रमणी वाग्ले माथि तस्करहरुले आक्रमण गरेका स्रोतले जनाएको छ।सोमबार छिमेकी देश भारतबाट भन्सार छली नेपाल तर्फ विभिन्न किसिमका सामानहरु ल्याउँदै गर्दा रोक्न खोजेपछि भारतिय नागरिक मुकेश साहले सशस्त्र प्रहरी हबल्दार वाग्ले माथि आक्रमण गर्दा उनको टाउकोमा चोट लागि छ वटा टाँका मारिएको छ ।

सम्बन्धित समाचार