बागमतीमा स्कारपियाे र ट्रक ठाेक्किदा आठ जना घाईते

379 Shares

पुर्व पश्चिमी राजमार्ग अन्तरगत सर्लाहीकाे बागमती नगरपालिका ११ नगरपालिका चोकमा स्कारपियाे र ट्रक एक आपसमा ठाेक्किदा आठ जना घाईते भएका छन् । हरिवनबाट बागमती तर्फ जाँदै गरेको प्र.२-०३-००१ क १३७६ नम्बरको ट्रक र बागमतीबाट हरिवन तर्फ आउदै गरेकाे डिएल ४ सि एनवि ६२०० नम्बरकाे स्कारपियो एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्रकारपियाेमा सवार आठ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार स्कारपियोका चालक सर्लाहीकाे कविलासी नगरपालिका-८ का अन्दाजी वर्ष ५७ का जयपाल राय,ब्रहम्पुरी गाउँपालिका-४ त्रिभुवननगरका अन्दाजी वर्ष ५८ का शिव शंकर हलुवाई,साेही ठाउँकी अन्दाजी वर्ष ५७ की पुनम देवी,अन्दाजी वर्ष ३४ का सोनु प्रसाद हलुवाई,अन्दाजी वर्ष ३३ कि अंजली देवी,अन्दाजी वर्ष ९ का कन्हैया साह,अन्दाजी वर्ष ५ का किशन साह र अन्दाजी वर्ष ३० का मनोज हलुवाई घाईते भएका छन् ।

घाईतेहरुकाे स्थानीय स्वास्थ्य संस्थामा उपचार भई रहेको छ भने दुर्घटनामा संग्लग्न सवारीसाधनहरु ईलाका प्रहरी कार्यालय कर्मैयाकाे नियन्त्रणमा रहेका सर्लाही प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार